१४ असार २०८१ शुक्रबार
image/svg+xml
राजनीति

बालकुमारी घटनाबारे छिटो छानबिन गर्न प्रधानमन्त्रीको निर्देशन

फाइल तस्बिर

प्रधानमन्त्री पुष्पकमल दाहालले शुक्रवार दिउँसो ललितपुरको बालकुमारीमा भएको घटनाबारे छिटो छानबिन गर्न निर्देशन दिएका छन्।

शनिबार गृह मन्त्रालयसहित सुरक्षामा खटिएका अधिकारीहरूसँग घटनाबारे ब्रिफिङ लिदै दाहालले छिटो छानबिन गर्न निर्देशन दिएका हुन्।

दाहालले दुखद् भएको बताउँदै छिटो र निष्पक्ष छानबिन गर्न निर्देशन एिका छन् भने आफूले समेत घटनाको अध्ययन गरिरहेको बताए।

ब्रिफिङमा उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, गृह सचिव दिनेश भट्टराई, नेपाल प्रहरी महानिरीक्षक वसन्त कुँवर, सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल, ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख लगायत उपस्थित थिए।

प्रकाशित: १४ पुस २०८० ०४:३५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App