१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

यलम्बरको तस्बिर राखेका हर्क: रेभुलुशन कि एरोगेन्स!

धरानका मेयर हर्क साम्पाङ सामाजिक सञ्जाल फेसबुकमा ‘हर्क साम्पाङ ए रेभुलुशन’ नामबाट चिनिन्छन्। सरकारको मुख ताक्ने भन्दा पनि आफ्नै मेहेनतबाट अगाडी बढ्दै गरेका हर्कको धेरै तारिफ पनि भएको छ। अझ विकासको काम श्रमदानबाटै पुरा गर्ने उनको अभियानलगायतका उनका फरक कामबाट उनले राखेको ‘रेभुलुशन’  शब्दले झनै सार्थकता पाएको देखिन्छ। उनको अथक प्रयासबाट धरानमा पानी खसेपछि त त्यसलाई ‘पानी क्रान्ती’को संज्ञा नै दिइयो।

केन्द्र सरकारको मुख नताक्ने हर्कले  केन्द्र सरकारले चासो नदिएको भन्दै आइतबार आफ्नो कार्यकक्षमा राष्ट्रपति र प्रधानमन्त्रीको फोटो हटाएर किराँती राजा यलम्बरको फोटो राखेपछि यसमा तीव्र प्रतिक्रिया आएका छन्।  कसैले उनले अर्को क्रान्ति गरेको टिप्पणी गरे त कसैले यो उद्दण्डता भन्दै आलोचना गरेका छन्।

हर्कले आफ्नो कार्यकक्षमा फोटो राख्नु अगाडी शनिवार, ‘भोलि म राष्ट्रपति र प्रधानमन्त्रीको फोटो हटाएर यलम्बरको फोटो राख्दै छु! जुन दिन केन्द्रले धरानलाई महत्त्व दिन्छ त्यो दिन पुनः उनीहरूको फोटो टाँस्नेछु! जय देश!’ भन्दै स्ट्याटस पनि लेखेका थिए।  केन्द्रमा आएर प्रधानमन्त्रीसँग भेटेर हाँसीखुसी धरान फर्केका मेयरले गरेको पछिल्लो निर्णयले धेरैलाई आश्चर्यमा समेत पारेको छ।  

सामाजिक सञ्जालमा उनको यो कार्यलाई कतिपयले क्रान्तिकारी निर्णय मानेका छन् त कतिपयले उद्दण्डता भन्दै निन्दा गरेका छन्। ‘व्यक्ति मन नपर्न सक्छ तर देशको राष्ट्रपति र प्रधानमन्त्री पदको सधैँ सम्मान गर्नुपर्दछ भन्ने कुरामा ध्यानाकर्षण गराउन चाहन्छु ,’ सामाजिक सञ्जालमा दीपक राई लेख्छन्, ‘मेयर साब बाकी तपाईँको बिचार ।’

सामाजिक सञ्जालमा उनको यो कामलाई कतिपयले क्रान्तिकारी निर्णय मानेका छन् त कतिपयले उद्दण्डता भन्दै निन्दा गरेका छन्। ‘व्यक्ति मन नपर्न सक्छ तर देशको राष्ट्रपति र प्रधानमन्त्री पदको सधैँ सम्मान गर्नुपर्दछ भन्ने कुरामा ध्यानाकर्षण गराउन चाहन्छु,’ सामाजिक सञ्जालमा दीपक राई लेख्छन्, ‘मेयर साब बाकी तपाईँको बिचार।’ अझ अर्का एक विक्रम भट्टराईले  त ‘अब तपाईँको अफिस तपाईँको नै खुसी‘.. अझै म त भन्छु तपाई आफ्नै फÞफोटो राख्नुस् सबैतिर।’ भन्दै  प्रतिक्रिया दिएका छन्।

उनको यो कामको तारिफ गर्ने पनि देखिएका छन्। धेरैले ‘गुड वर्क’ भन्दै स्याबासी पनि दिएका छन्। ‘सकारात्मक छ तपाईँको यो साहस हिम्मतलाई हाम्रो पूर्ण समर्थन छ,’ सामाजिक सञ्जालमा अनवी याकथुम्बा लेख्छन्, ‘ तपाईँ अगाडि बढनुस।’

तर स्थानीय राजनीतिक दललाई हर्क यति धेरै अगाडी बढेको मन परेको छैन। धरान उप महानगरपालिकामा क्रियाशील ५ राजनीतिक दलले धरानका मेयर हर्क साम्पाङ निरन्तर रूपमा अराजकता, मनोमानी र उद्दण्डतामा प्रस्तुत भएको बताएका छन्।  

बिहीबार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै एमाले, काँग्रेस, माओवादी, जसपा र एकीकृत समाजवादी पार्टीले साम्पांग विजयी भएपछि भाइचाराका आधारमा मिलेर बसेको समाजलाई विभाजित गर्ने काम भएको समेत बताएका छन्। ‘धरान उपमहानगर प्रमुखबाट सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रणाली माथि गम्भीर प्रहार भएको  छ,’ विज्ञप्तिमा लेखिएको छ, ,‘ यसै प्रणालीलाई टेकेर अद्यावधिक निर्वाचनमार्फत निर्वाचित उपमहानगर प्रमुखले संविधानको ठाडो उलङ्घन गर्ने कार्य गरेको हाम्रो ठहर छ ।’

प्रकाशित: १३ पुस २०८० ०३:०५ शुक्रबार

धरान मेयर हर्क साम्पाङ हर्क साम्पाङ सरकार सामाजिक सञ्जाल फेसबुक श्रमदान किराँती राजा यलम्बर प्रधानमन्त्री राष्ट्रपति