सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटी बैठक आज पनि जारी रहने छ। बैठक बिहान ११ बजेबाट बालकुमारीमा सुरु हुने छ।
आजको बैठकमा पार्टीको विधान संशोधन र आगामी महाधिवेशनबारे छलफल हुने बताइएको छ।
यसअघि बुधवारको बैठकमा आज बिहान ११ बजेबाट सुरु हुने भनिएको बैठकमा पनि पार्टी महाधिवेशनका तयारीका लागि आवश्यक दस्तावेजहरु तयार पार्ने विषयमा छलफल भएको थियो।
प्रकाशित: १२ पुस २०८० ०४:२९ बिहीबार