१७ भाद्र २०८३ बुधबार
image/svg+xml

सुनकोशी र बुढीगण्डकीमा जलसतह सतर्कता तह पार, तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह

महाशाखाले बुधबार बिहान ६ बजे जारी गरेको अलर्टअनुसार सुनकोशी नदीको खुर्कोट, सिन्धुली र बुढीगण्डकी नदीको आरुघाट, गोरखा जलमापन केन्द्रमा जलसतह सतर्कता तहभन्दा माथि पुगेको छ।

तास्मिनियाविरुद्ध नेपाल ‘ए’लाई ब्याटिङको निम्तो

अष्ट्रेलियामा नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले तास्मिनियासँगको एकदिवसीय खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको छ।

भाइरल दृश्यले देखाउँदैन जोखिम : सुन्दरता हेर्न पुगेका खगराज फर्किएनन्

कुनै ठाउँको आकर्षक दृश्यसहितको फोटो वा भिडियो सामाजिक सञ्जालमा सार्वजनिक हुनासाथ केही घण्टामै हजारौँ मानिससम्म पुग्ने गरेका छन्।

भोटेकोशी बाढीः बाँकेमा सहयोग जुट्दै

भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि नेपालगन्ज उद्योग वाणिज्य संघले रु पाँच लाख ६० हजार सहयोग गर्ने निर्णय गरेको छ।

म्यानचेस्टर सिटीमा एन्जो फर्नान्डेज, १२५ मिलियन पाउन्डमा सम्झौता

म्यानचेस्टर सिटीले चेल्सीका अर्जेन्टिनी मिडफिल्डर एन्जो फर्नान्डेजलाई १२५ मिलियन पाउन्डमा अनुबन्ध गरेको छ।

बाढीपछि सार्वजनिक स्वास्थ्य संकटको डर

विपद्ले एउटै परिवारलाई मृत्यु, बेपत्ता र जीवित तीन वर्गमा बाँड्ने गर्छ। बाँच्न सफलहरूलाई बिछोड, गुमाइ, क्षतिबिच बाँकी जीवनलाई निरन्तरता दिनु असाध्यै कठिन काम हो, जसले मानसिक समस्या निम्त्याउने गरेको हुन्छ।

भोटेकोशी बाढीः काभ्रेबाट एक करोड १० लाख सहयोग

प्राकृतिक विपद् व्यहोरेका काभ्रेपलाञ्चोकका सात वटा स्थानीय तहले भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि आर्थिक सहयोग गर्ने निर्णय गरेका छन्।

आज दुई समितिका बैठक बस्दै

संघीय संसद्अन्तर्गत आज दुई संसदीय समितिका बैठक बस्दै छन्। अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति तथा विधायन व्यवस्थापन समितिको बैठकमा फरक फरक विषयमा छलफल हुने कार्यसूची छ।

चितवनमा भेटिएका ३४८ शवमध्ये १२९ जनाको लिङ्ग पहिचान हुन सकेन

रसुवाको भोटेकोशी बाढीपछि त्रिशूली र नारायणी नदी हुँदै चितवनमा भेटिएका शवहरूमध्ये सनाखत हुन नसकेका ३३५ वटा शवको व्यवस्थापन गरिएको छ। भरतपुर महानगरपालिका–१ देवघाट जङ्गलमा ती शवको मंगलबार रातिसम्म व्यवस्थापन गरिएको हो।

रसुवा बाढी: जुम्लामा फोनको घण्टी बज्दा पनि अत्तालिन्छन् परिवारका आँखाहरू

जुम्लाको चन्दननाथ नगरपालिका-१० बोहोरा गाउँका शारदाप्रसाद देवकोटाका आँखा विगत सात दिनदेखि घरको मूल ढोकाबाट एकछिन पछि हटेका छैनन्।

नेपाल ‘ए’ को खेल तालिका सार्वजनिक: पहिलो खेल तास्मानियाविरुद्ध बुधबार

अस्ट्रेलिया भ्रमणमा रहेको नेपाल ‘ए’ क्रिकेट टोलीले खेल्ने एकदिवसीय अभ्यास खेलको तालिका सार्वजनिक भएको छ।

३० सेकेन्डले बाँचेका १४ उदयपुरे

करिब डेढ सय मिटर अगाडि गाडी बढ्दै थियो। सुरक्षाकर्मीहरूले माइकिङ गर्दै ‘ठूलो बाढी आउँदै गरेकाले सुरक्षित स्थानतर्फ जान र सतर्क रहन’ अनुरोध गरिरहेका थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्