१९ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

स्वास्थ्य क्षेत्रको विकास सरकारको उच्च प्राथमिकता छ : उपप्रधानमन्त्री खड्का

उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले नेपाल सरकारले स्वास्थ्य क्षेत्रको विकासलाई उच्च प्राथमिकता राखेको बताएका छन्।

ब्याक टू लाईफुको सहयोग, शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र र मानव अधिकार तथा वातावरण विकास केन्द्रको सहकार्यमा गुर्भाकोट नगरपालिका ७ सुर्खेतस्थित मेहलकुना अस्पतालमा आज शनिबार आयोजित ‘एक दिने हृदय रोग’ निःशुल्क स्वास्थ्य शिविरको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री खड्काले स्वस्थ समाज निर्माणमा सरकार केन्द्रित रहेको बताएका हुन।

उनले भने, ‘मानव जीवनका लागि स्वास्थ्य महत्त्वपूर्ण कुरा हो। स्वस्थ नागरिक उत्पादनले समृद्ध समाज बन्छ। तल्लो तहमा स्वास्थ्य सेवा पुग्नेगरी संरचनाको निर्माण तथा विकासमा सरकारले ध्यान दिएको छ।’ उनले ब्याक टू लाईफ संस्था र शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रले कर्णालीका विकट जिल्लामा पुगेर मुटु रोग जस्तो संवेदनशील उपाचार सेवा निःशुल्क प्रवाह गरेको प्रति कृतज्ञता व्यक्त गरे। कार्यक्रममा ब्याक टु लाईफका देशीय निमित्त निर्देशक डिकेन्द्रलाल ढकालले कर्णालीका नागरिकले सहजै प्राप्त गर्न नसक्ने मुटु रोगको उपचार सेवामा सहयोग पुर्याउने ध्येयले निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको बताए।

शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रका डा चन्द्रमणि अधिकारीले मुटु रोगीहरुको निःशुल्क उपचार गरिने ठूलो रोग देखिए केन्द्रले शल्यक्रियामा सहयोग गर्ने बताए। मेहलकुना अस्पतालका प्रमुख डा। सोजन सापकोटाले काठमाडौं पुगेर उपचार गर्नसक्ने अवस्था नभएका मुटु रोगका बिरामीहरूलाई केन्द्रले ठूलो सहयोग पुर्याएको जनाए।

प्रकाशित: ७ पुस २०८० ०७:३३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App