१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

राप्रपाको केन्द्रीय कार्यसमिति बैठकमा समूहगत छलफल सकियो

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को आइतबारदेखि जारी केन्द्रीय कार्यसमितिको बैठकमा समूहगत छलफल सकिएको छ।

हिजोको बैठकमा प्रस्तुत समसामयिक राजनीतिक परिस्थितिको समीक्षा र भावी रणनीति, आन्दोलन सम्बन्धी कार्य योजना, आर्थिक प्रतिवेदन र सचिवालयको प्रतिवेदनमाथि सात वटै प्रदेशको छुट्टाछुट्टै समूह विभाजन गरी समूहगत छलफल भएको हो। समूहगत छलफलको प्रतिवेदन पूर्ण बैठकमा पेश भएको छ।

मंगलबार बिहान १०:३०मा फेरि बस्ने बैठकले पार्टीको आगामी कार्यक्रमहरू सार्वजनिक गर्दै बैठक समापन हुनेछ प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए।

प्रकाशित: २ पुस २०८० ११:४२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App