१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

लेखनाथको ‘प्रचण्ड’ कटाक्ष

नेकपा माओवादी केन्द्रका नेता लेखनाथ न्यौपानेले पार्टी अध्यक्ष पुष्पकमल दाहालप्रति सङ्केत गर्दै कडा टिप्पणी गरेका छन्।  

सामाजिक सञ्जालमा न्यौपानेले ‘लुम्बिनी विकास कोषको नियुक्तिबाट सुरु भएको रूपान्तरण अभियान गोकर्ण रिसोर्टमा पुगेर समापन’ भएको  भन्दै  प्रधानमन्त्री समेत रहेका प्रचण्डप्रति टिप्पणी गरेका हुन्।

उनको टिप्पणी केही समय अगाडी सरकारले विवादास्पद पृष्ठभूमिका ल्हारक्याल लामालाई लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्ति गरेको घटना र शुक्रवार गोकर्ण फरेष्ट रिसोर्टमा भएको  प्रचण्डकी नातिनीको बिहेलाई लिएर गरिएको प्रस्ट बुझिन्छ।

सामाजिक सञ्जालमा न्यौपानेले ‘लुम्बिनी विकास कोषको नियुक्तिबाट सुरु भएको रूपान्तरण अभियान गोकर्ण रिसोर्टमा पुगेर समापन’ भएको भन्दै  प्रधानमन्त्री समेत रहेका प्रचण्डप्रति  टिप्पणी गरेका हुन्।

ल्हारक्याल लामाको नियुक्तिलाई लिएर त्यति बेला पार्टीभित्रबाटै आलोचना भएको थियो। त्यस्तै जनवादी नेता मानिने  प्रचण्डकी नातिनी  (भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालकी छोरी)को गोकर्ण फरेष्ट रिसोर्टमा गरिएको  भव्य रुपमा गरिएको विषयलाई लिएर सामाजिक सञ्जालमा आलोचना भइरहँदा न्यौपानेको यो टिप्पणी आएको हो।

प्रकाशित: १ पुस २०८० ०३:५६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App