१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै, यस्ता छन् अजेन्डा

जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्दै छ। जसपाले गत भदौ महिनादेखि सञ्चालन गरेको तीनमहिने सङ्गठन विस्तार तथा सुदृढीकरण अभियानको समीक्षा गर्न कार्यकारिणी समितिको बैठक बोलाएको हो। बैठक अहिले बिहान ११ बजे पार्टी कार्यालय बालकुमारीमा बस्ने जसपाका प्रवक्ता प्रकाश अधिकारीले बताए।

बैठकमा अभियानबारे थप निर्णय लिन तथा माघ ११ गते हुन लागेको राष्ट्रिय सभाको निर्वाचनबारे पनि छलफल हुने छ। त्यस्तै केन्द्रीय समितिको बैठक लगायतका एजेण्डामा आजको बैठक केन्द्रित हुने बताइएको छ।

तीनमहिने अभियानको क्रममा जसपाले सबैजसो प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको थियो।

प्रकाशित: २५ मंसिर २०८० ०४:१२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App