८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
राजनीति

भागबण्डामै प्रदेश प्रमुख तोक्न मन्त्रिपरिषद बैठक बस्दै

काठमाडौं– सरकारले आज मंगलवार प्रदेश प्रमुख तोक्ने तयारी गरेको छ । प्रमुख दलहरुसँगको परामर्शपछि मंगलबार अपरान्ह बस्ने मन्त्रिपरिषद् बैठकले सातवटै प्रदेशमा प्रदेश प्रमुख र अस्थायी राजधानी तोक्ने अन्तिम तयारी गरेको छ । 
मन्त्रिपरिषद बैठक अघि प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा एमाले र नेकपा माओवादी केन्द्रसँग परामर्श गर्दैछन् ।

सात प्रदेशका लागि कांग्रेस र एमालेको सिफारिसमा दुई दुई जना, माओवादी, राजपा र संघीय समाजवादीको सिफारिसमा एक एक जना गरी सात जना प्रदेश प्रमुख तोकिदैछन्। प्रदेश प्रमुखका लागि प्रधानमन्त्रीले प्रमुख नेताहरुबाट नाम संकलन गरेका छन् ।  

यसअघिका परामर्शमा दलहरुबीच सहमति नभएपछि राजनीतिक भागवण्डाका आधारमा प्रदेश प्रमुख तोक्ने तयारी छ । सात प्रदेशका लागि कांग्रेस र एमालेको सिफारिसमा दुई दुई जना, माओवादी, राजपा र संघीय समाजवादीको सिफारिसमा एक एक जना गरी सात जना प्रदेश प्रमुख तोकिदैछन्। प्रदेश प्रमुखका लागि प्रधानमन्त्रीले प्रमुख नेताहरुबाट नाम संकलन गरेका छन् ।  

प्रदेश प्रमुख हुनका लागि कुनै पनि राजनीतिक दलको नेता वा कार्यकर्ता नभएको, कुनै विषयमा विज्ञता हासिल गरेको र विवादित छबि नभएको व्यक्ति चाहिन्छ । 

प्रदेश राजधानीको माग गर्दै ठाउँ ठाउँमा आन्दोलन चर्किदै गएपछि सरकारले अस्थायी राजधानी तोक्ने तयारी गरेको छ । संवैधानिक व्यवस्था अनुसार प्रदेश सभाले नै राजधानी तोक्ने भएकोले अहिले अस्थायी राजधानी तोकेर आलोनाबाट बच्ने प्रयास सरकारले गर्दैछ । सरकारले उच्च अदालत राखिएका ठाउँलाई नै प्रदेश राजधानीको अस्थायी कार्यालय तोक्ने तयारी गरेको छ । 

 

प्रकाशित: २ माघ २०७४ ०३:१४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App