१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

एनसेल प्रकरण सामसुम पार्ने नियत देखिए जनतामाँझ लैजाने रास्वपाको चेतावनी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले एनसेल खरिद बिक्री प्रकरणलाई ‘उपल्लोस्तरमा सामसुम पार्ने नियत देखियो’ भने यसलाई जनता माँझ लैजाने चेतावनी दिएको छ।

रास्वपाले विज्ञप्तिमार्फत यस्तो चेतावनी दिएको हो। यसैगरी बुधबार (भोली)को अर्थ समितिको बैठकमा एनसेल प्रकरणबारे सरकारसँग जवाफ माग्ने जनाएको छ।

रास्वपाले एनसेल खरिद बिक्रिमा विभिन्न कोणबाट प्रश्न उठिरहेकाले सरकारको जवाफ माग्ने र उपल्लोस्तरमा सामसुम पार्न खोजियो भने जनता माझ लैजाने चेतावनी दिएको हो।

रास्वपाका उपसभापति एवं सांसद स्वर्णिम वाग्ले र संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठले संसदीय समितिमा सरकारको जवाफ माग्ने जानकारी रास्वपाले दिएको छ। 

‘यसबारे सत्य–तथ्य पत्ता लगाउन हाम्रा सांसदले जोडदार पहल गरिरहनु भएको छ। र, कथम् यो प्रकरणलाई उपल्लोस्तरमा सामसुम पार्ने नियत देयिो भने हामी जनताबीच लैजान प्रतिवद्घ छौं’, रास्वपाले भनेको छ।

यसैगरी मलेसियन टेलिकम कम्पनी एक्जियटा ग्रुपले एनसेलमा रहेको आफ्नो स्वामित्व बिक्रि गरेको घटना तत्काल छानविनका लागि सरकारलाई चौतर्फी दबाव दिन विभिन्न तरिकाले आफ्ना सांसदहरु सक्रिय रहेको पनि जनाएको छ।

उसले एनसेल खरिद बिक्रिमा विभिन्न कोणबाट प्रश्न उठेकाले त्यसको छानविनका लागि पार्टीले विभिन्न तरिकाले सरकारका सरोकारवाला निकायले दबाब दिइरहेको जनाएको छ।

‘सार्वजनिक तहबाट उठाइएका प्रश्नहरुलाई संसदको सार्वजनिक लेखा समितिले पनि जायज ठानेर नेपाल दूरसञ्चार प्राधिकरणसँग जवाफ मागेको उल्लेख गर्दै रास्वपाले भनेको छ, ‘संसदका विभिन्न समितिमा रहनुभएका हाम्रा सांसदले यसबारे थप छलफल र जवाफ माग गर्नुभएको छ।’

रास्वपाले आफ्ना सह–प्रवक्ता मनिष झाले सार्वजनिक लेखा समितिको बैठकमा एनसेन प्रकरण छानबिन गर्न माग गरेको जानकारी पनि दिएको छ।

‘शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा रास्वपाकी सहमहामन्त्री एवं सांसद सुमना श्रेष्ठले विशेष छलफलसहित सरकारले जवाफ दिने वातावरण निर्माणका लागि समितिका सभापतिलाई गर्नुभएको छ’, रास्वपाले भनेको छ।

रास्वपाले सांसद गणेश पराजुलीले संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा एनसेलको स्पामित्व परिवर्तन सन्दर्भमा आधारित भएर नीतिगत छलफल चलाउन समिति सभापति समक्ष माग गरेको जानकारी पनि दिएको छ।

प्रकाशित: १९ मंसिर २०८० ०३:५६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App