१२ माघ २०८२ सोमबार
image/svg+xml
राजनीति

प्रधानमन्त्री दाहाल आज स्वदेश फर्किदै

फाइल तस्बिर

प्रधानमन्त्री पुष्पकमल दाहाल आज स्वदेश फर्किदै छन्। कोप–२८ सम्मेलनमा भाग लिन संयुक्त अरब इमिरेट्स दुबई गएका प्रधानमन्त्री दाहालको आज साँझ नेपाल फर्किने कार्यक्रम रहेको छ।

संयुक्त राष्ट्र सङ्घीय सम्मेलनमा सहभागी हुन गत बुधवार दुबई गएका प्रधानमन्त्री दाहाल आज साँझ ६ः ३० बजे त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने छन्। 

कोप सम्मेलनको क्रममा प्रधानमन्त्री दाहालले आफ्नो कुनै भूमिका नहुँदानहुँदै पनि नेपालीहरू जलवायु परिवर्तनका कारण सिर्जित विपद्बाट अत्यधिक प्रभावित रहेको बताए। उनले जलवायु परिवर्तनका कारण नेपालले भोग्नु परिरहेको समस्यालाई अन्त्य गर्न विश्व समुदायसँग आग्रह गरेका थिए।

दुबई भ्रमणको क्रममा उनले आबुधाबीमा रहेको नेपाली दुतावासको अवलोकनका साथै नेपाली समुदायसँग छलफल गरेका थिए भने नेपाल उद्योग वाणिज्य महासङ्घ दुबई चेम्बरद्वारा आयोजित कार्यक्रमलाई पनि सम्बोधन गर्दै लगानीका लागि आह्वान गरेका थिए।  

प्रकाशित: १७ मंसिर २०८० ०४:०२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App