५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
राजनीति

वर्तमान गठबन्धन ५ वर्ष सम्म नै रहन्छः कांग्रेस सहमहामन्त्री राठौर

नेपाली काँग्रेसका सहमहामन्त्री किशोर सिंह राठौरले अहिलेको गठबन्धन नतोडिने बताएका छन। उनले ५ वर्ष स्थायी सरकार दिने प्रतिबद्धताका साथ गठबन्धन निर्वाचनमा गएकाले गठबन्धनलाई टिकाई राख्नु काँग्रेसको  नैतिक जिम्मेवारी भएको बताए।

 नेपाल प्रेस युनियन कपिलवस्तु शाखाले तौलिहवामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै सहमहामन्त्री राठौरले दल र नेतृत्वले अब देशलाई केन्द्र बिन्दुमा राखेर निर्णय लिनु पर्ने बताए।अहिले गठबन्धन तल माथि हुने परिस्थिति नरहेको स्पष्ट पार्दै तिनै तहका सरकारले नागरिकलाई आवश्यक सेवा प्रवाह गर्न गम्भीर हुनु पर्ने उनले सुझाव दिए। उनले नेपाली काँग्रेस पार्टी मजबुत रहे मात्रै देश, व्यवस्था रहने र देशमा विकास आउने बताएका छन। काँग्रेस रहे देश र व्यवस्था सुनिश्चित रहेको उनको भनाई थियो।

पार्टीलाई एक ढिक्का बनाएर अगाडी बढाउन आफू जिल्ला जिल्लामा आएको उनले बताए। दण्ड र पुरस्कार दिने व्यवस्था कार्यान्वयनमा ल्याएर सुशासनलाई सुनिश्चितता गरिनु पर्ने अहिलेको आवश्यकता रहेको उनले दर्साए। रास्वपा सहितका दलले मध्यावधि निर्वाचनको बिषयमा चर्चा चलाएको सन्दर्भमा बोल्दै सहमहामन्त्री राठौरले अहिले मध्यावधिको कुनै संभावना नरहेको बताए। उनले मध्यावधि गरे छिट्टै सरकारमा जान सहिने आकलनको इच्छा चाहना गरेका भए देश कसैको इच्छा चाहनाले नभई सिस्टमले चल्ने बताए।

२०५२ सालमा काँग्रेसले अरुण तेस्रो बनाउन खोज्दा कम्युनिस्टले राष्ट्रिय मुद्दा बनाएर अवरोध गरेको स्मरण गराउँदै बल्ल कम्युनिस्टहरू विकास गर्नु पर्छ भन्ने लाइनमा आएको उनले बताए। प्रेस युनियनका जिल्ला अध्यक्ष खग प्रसाद चापागाईँको अध्यक्षता र रमेश मिश्राको सञ्चालनमा भएको पत्रकार सम्मेलनमा पार्टी लुम्बिनी प्रदेश सदस्य बिक्रम सिंह थापा, महासमिति सदस्य तेज बहादुर सिंह रायमाझी, महाधिवेशन प्रतिनिधि योगेन्द्र केसी, आशिष शर्मा, रावेन्द्र प्रताप सिंह, दिनेश हमाल, गोपी कृष्ण शर्मा, नगर सभापति खुर्सेद अहमद खाँ लगायत जिल्लाका सञ्चारकर्मीको सहभागीता रहेको थियो।

प्रकाशित: १५ मंसिर २०८० १५:०३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App