१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

अहिले पनि श्री ५ महाराजधिराज लेख्ने असंवैधानिक काम भयोः ओली

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जनतामा अन्योल, निराशा र जनता विदेश पलायन हुँदै जाँदा प्रतिक्रियावादी शक्तिहरु सल्बलाउन थालेको बताएका छन्।

बिहीवार बैतडीको गोठलापानी आयोजित महाकाली-मेची अभियानअन्तर्गतको सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले अहिले राजाको शालिक बनाएर श्री ५ महाराजधिराज लेखी असंवैधानिक काम भइरहेको बताए। गणतन्त्रको बिरोध गर्ने दुःशाहसी काम भइरहेको बताए। उनले अब नेपाली जनता पछाडि फर्किन नसक्ने भन्दै कोही धनी र कोही गरिव हुन जन्मिने कुरा स्वीकार्य नहुने बताए।

उनले भने, ‘जनतामा अन्योल र निराशा बढ्दै गएको हुनाले जनता विदेशतिर पलायन हुँदै गएको हुनाले अहिले प्रतिक्रियावादी प्रतिगामी शक्तिहरु मौका आउँछ की भनेर दुलाबाट टाउको निकालेर फेरि सल्बलाउन खोजेका छन्। अहिले हामी देखिरहेका छौँ, कहीँ उहिले राजतन्त्र थियो, त्यो राजतन्त्रको अहिले शालिक बनाएर, अहिले श्री ५ महाराजधिराज भनेर शालिक लेखेर तमासा गर्ने असंवैधानिक काम अहिले भइरहेको छ। गणतन्त्रको बिरोध गर्ने, त्यो दुःशाहसी काम भइरहेको छ । लोकतन्त्रको बिरोध गर्ने दुःशाहसी काम भइरहेको छ। तसर्थ हामी पछाडि फर्किन सक्दैनौँ, फेरि हामी रैति हुन सक्दैनौँ। फेरि हामी दास हुन सक्दैनौँ। फेरि हामी छुवाछुत र अनेक प्रकारतिर फर्किन सक्दैनौँ। फेरि हामी जन्मिँदै कोही राजा हुन जन्मिन्छ, कोही दास, कोही धनी र कोही गरिव हुन जन्मिन्छ, भनेर मान्दैनौँ। अब गरिबी अन्त्य गर्नैपर्छ। अभाव, भोकमरी समाप्त गर्नैपर्छ, त्यो काम सरकारको हो।’

अध्यक्ष ओलीले अब गरिबी, अभाव, भोकमरीको अन्त्य गर्नुपर्ने र त्यो काम सरकारको भएको बताए। 

प्रकाशित: १४ मंसिर २०८० १०:२४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App