२२ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

‘लोकतन्त्रमा लोकतन्त्रविरुद्ध पनि प्रश्न गर्न पाइन्छ’

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले लोकतन्त्रमा लोकतन्त्रकै विरुद्ध पनि प्रदर्शन गर्न पाइने बताएका छन्।

मोरङको कटहरीमा शुक्रबार आयोजित स्थानीय तहमा कानुनी तथा वित्तीय सुशासनसम्बन्धी अन्तक्र्रियालाई सम्बोधन गर्दै महामन्त्री शर्माले भने, ‘लोकतन्त्रविरुद्ध पनि जनताले प्रश्न र प्रदर्शन गर्न पाउँछन्।’ उनले अहिलेको संविधान जनताको सहभागिताबाट बनेका कारण जनताले राखेका असन्तुष्टिलाई सम्बोधन गर्न संविधान परिमार्जनसमेत गर्दै जानुपर्ने आवश्यकता औंल्याए।

‘जनताको सहभागितामा बनेको संविधान भएकाले व्यवस्थाकै विरुद्धमा जनता उत्रिएको खण्डमा सडकमा उठेका आवाजलाई सुनेर संविधान परिमार्जन गर्दै जानुपर्छ,’ उनले भने। महामन्त्री शर्माले सडक, पुललगायत भौतिक पूर्वाधार बन्नुलाई मात्रै देश बनेको नमानिने भएकाले सुशासन र मानवअधिकारको प्रत्याभूति पनि विकासको आधार भएको स्पष्ट पारे।

प्रकाशित: ९ मंसिर २०८० ०१:४१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App