१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

दुर्गा प्रसाईंको प्रदर्शनमा प्रहरी धरपकड खेदजनक: राप्रपा

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले दुर्गा प्रसाईं समूहको प्रदर्शनमा प्रहरीले गरेको धरपकडप्रति खेद प्नकट गरेकाे छ।

शुक्रबार पार्टी प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन कुमार श्रेष्ठले एक विज्ञप्ति जारी गर्दै आज प्रसाईं समूहको प्रदर्शनमा प्रहरीले गरेको धरपकडप्रति खेद प्नकट गरेका हुन्।

आफ्नो अधिकारको उपभोग गर्दै शान्तिपूर्ण प्रदर्शनमा उत्रिएका नागरिकमाथि प्रहरीले गरेको धरपकडप्रति राप्रपाले भर्त्सना पनि गरेको छ।

'आफ्ना मागहरू लिएर सडकमा ओर्लिएकालाई घरमा नजरबन्द गर्ने, प्रदर्शन स्थलमा पुग्नु अगावै सुरक्षाकर्मीले कार्यक्रम स्थलमा कब्जा जमाउने, घर घरमा पुगेर व्यक्ति व्यक्तिलाई पक्राउ गर्ने, सडक पेटीमा हिँडिरहेका नागरिकलाई बिना कारण जथाभाबी गिरफ्तार गर्ने कार्य अलोकतान्त्रिक छ,' विज्ञप्तिमा उल्लेख छ। 

प्रकाशित: ८ मंसिर २०८० १३:०१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App