६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
राजनीति

सामान्य प्रशासन मन्त्रीकै प्रदेशमा सबैभन्दा बढी निमित्त

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अनिता देवीको आफ्नै प्रदेश मधेस प्रदेशमा सबैभन्दा बढी स्थानीय तह निमित्तबाट चलेका छन्।

संघीय मामिला मन्त्रालयका अनुसार कर्णाली तथा सुदूर पश्चिमभन्दा पनि बढी निमित्त प्रमुख प्रशासकीय अधिकृत मधेस प्रदेशका स्थानीय तहमा  कार्यरत छन्। मधेस प्रदेशमा ५, सुदूर पश्चिममा  ४७, कर्णाली ३५ स्थानीय तह निमित्तबाट चलेका छन्। गण्डकी प्रदेशका ४ वटा स्थानीय तह मात्र निमित्तले चलेका छन्। यसै गरी कोशीका ३०, बागमतीका ८ तथा लुम्बिनीको १० स्थानीय तह निमित्तले चलेका छन्।

मधेस प्रदेशमा खासगरी शाखा अधिकृत र माथिल्लो तहका कर्मचारीहरू सकेसम्म जान  नमान्ने भएकोले उक्त प्रदेशमा सबैभन्दा  स्थानीय तह निमित्तबाट चलेको संघीय मामिला मन्त्रालयका एक उपसचिवले बताए। प्रमुख प्रशासकीय अधिकृत पदमा दरबन्दी अनुसार कर्मचारी जान नमाने पछि संघीय मामिला मन्त्रालयले कुनै स्थानीय तहमा एक तह मुनि, कुनै ठाउँमा दुई तह मुनिका  कर्मचारीलाई निमित्त बनाएर पठाउने गरेको छ।

नियम अनुसार महानगर र उपमहानगरमा सहसचिव सरहको कर्मचारी प्रमुख प्रशासकीय अधिकृत हुने व्यवस्था छ। यसै गरी नगरपालिकामा उपसचिव तथा गाउँपालिकामा शाखा अधिकृत सरहका कर्मचारी प्रमुख प्रशासकीय अधिकृत हुने व्यवस्था छ। तर दरबन्दी अनुसार कर्मचारी नपुगेर, कोही कर्मचारी जान नमानेर १सय ८९ स्थानीय तह निमित्तको भरमा चलेका छन्। निमित्तले चलाएको स्थानीय तहमा तुलनात्मक रुपमा बढी बेथिति हुने गरेको मन्त्रालयका अर्का एक कर्मचारीको भनाइ छ।

प्रकाशित: ८ मंसिर २०८० १२:४६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App