८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
राजनीति

गरिबी निवारणमा सबै मिलेर काम गर्नुपर्छः अध्यक्ष तिमिल्सिना

फाइल तस्बिर

राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले चीन सरकारको अनुभव लिएर नेपालको गरिबी निवारणमा लाग्नुपर्ने आवश्यकता रहेको बताएका छन्।

बुधवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले बिआरआईबाट दक्षिण एशियाली मुलुकहरुलाई आर्थिक विकास र जनताको जीवनयापनमा सुधार ल्याउन सहयोग पुग्ने बताए। गरिबी निवारणमा सबै मिलेर काम गरेको अवस्थामा दिगो विकासका लक्ष्य हासिल गर्न मद्दत पुग्ने उनको भनाइ छ। उनले बिआरआईलाई थप गति दिन आवश्यक रहेको पनि बताए। 

उनले भने, ‘बिआरआईबाट दक्षिण एशियाली मुलुकहरुलाई उनीहरुको आर्थिक विकास र जनताको जीवनयापनमा सुधार ल्याउन सहयोग पुग्दछ। गरिबी निवारणमा हामीले मिलेर काम गरेको अवस्थामा दिगो विकासका लक्ष्य हासिल गर्न मद्दत पुग्छ। चीनको गरिबी निवारणमा चीनको दूरदर्शी राजनीतिक नेतृत्व र नागरिक सशक्तिकरण, सर्वपक्षीय सहभागिता र आपसी समझदारी जस्ता कारणहरु रहेका छन्। भ्रष्टाचार विश्वका कुनै देशका लागि पनि विकासका बाधक र समस्या हुन्। नेपाल लगायत दक्षिण एशियाली मुलुकहरुले चीनका यी अनुभवबाट शिक्षा लिएर असल अभ्यासलाई आत्मसाथ गरेर अघि बढ्न सकेको खण्डमा गरिबी निवारणमा महत्वपूर्ण सफलता प्राप्त हुनसक्छ। बिआरआईलाई थप गति दिन आवश्यक छ।’

प्रकाशित: ६ मंसिर २०८० ११:०६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App