१६ असार २०८१ आइतबार
image/svg+xml
राजनीति

सरकारले भूकम्प प्रभावितलाई राहत पठाउन उपेक्षा गरेको छैन: गृहमन्त्री श्रेष्ठ

फाइल तस्बिर

उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले जाजरकोट, रुकुम पश्चिम र बझाङका भूकम्प प्रभावितहरुका लागि राहत पठाउन सरकारले उपेक्षा नगरेको बताएका छन्।

आईतवार विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन कार्यकारी समितिको १९ औँ बैठकलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले जाजरकोट, रुकुम पश्चिम र बझाङका भूकम्प प्रभावितहरुका लागि राहत पठाउन सरकारले उपेक्षा नगरेको स्पष्ट पारेका हुन्।

उनले आफुहरुले भुकम्पपछि कत्तिपनि ढिलो नगरी त्रिपाल, टेन्ट, म्याट्रेस, ब्ल्याङ्केट र खाद्यान्नहरु पठाएको र पठाउने क्रम जारी रहेको बताए। सरकारसँग भएको साधन र स्रोतकाअनुसार राहत पठाइरहेको उनले बताए। उनले आवश्यकताअनुसार चिकित्सक, स्वास्थ्य उपकरण र औषधिहरु पनि उपलब्ध गराइएको जानकारी दिए।

उनले भने, ‘हामीले एक क्षण, एक सेकेण्ड ढिलो नगरीकन हामीले पठाउन सकिने सम्पूर्ण त्रिपाल, टेन्ट, म्याट्रेस, ब्ल्याङ्केट, खाद्यान्नहरु पठाइराखेका छौँ। राहतमा हाम्रो ध्यान गएको छ। हामीले हाम्रो साधन, स्रोतले सामानहरुको हकमा हामीले व्यवस्था गरेका छौँ तर पु¥याउने साधन त चाहियो। स्काइ भ्यान प्रयोग गरेपनि सुर्खेतसम्म जान्छ । सबै ठाउँमा जाँदैन। सुर्खेतबाट क्यारी गर्नैप¥यो। सरकारले जतिसुकै तदारुकता देखाएपनि एकैचोटी पहिलो दिन सबै ठाउँमा त्रिपाल, सबै ठाउँमा म्याट्रेस, सबै ठाउँमा ब्याङ्केट पु¥याउन सक्ने स्थितिमा हुँदैनौँ। तर सरकारले कति पनि उपेक्षा गरेको छैन। हामीसँग भएको साधन, स्रोतको आधारमा सम्पूर्ण ध्यान त्रिपाल, म्याट्रेस, ब्ल्याङ्क्वेट र खाद्यान्न पु¥याउने र डाक्टरहरुको आवश्यकता अनुसार उपलब्ध गराउने स्वास्थ्य उपकरण, औषधि उपलब्ध गराउने काम गरेका छौँ। यो कुरा विश्वसनीय ढंगले म सबैलाई जानकारी गराउन चाहन्छु।’

प्रकाशित: २६ कार्तिक २०८० १०:११ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App