२४ वैशाख २०८१ सोमबार
image/svg+xml
राजनीति

नगर प्रमुख साहको पद यथावत राख्न सर्वोच्चको अन्तरिम आदेश

रौतहटको मौलापुर नगरपालिकाकी प्रमुख रीनाकुमारी साहको पद यथावत राख्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ।

न्यायाधीस प्रकाशमान सिंहको इजलासले साहलाई यथावत रूपमा काम कारबाही गर्न दिन आदेश दिएको हाे।

शाहले एमालेको सदस्यबाट राजीनामा नदिएको, अर्को दलको सदस्यता लिएको आधिकारिक प्रमाण पनि पेश नभएको, उनी संलग्न भई अर्को दल गठन गरेको भन्ने वैधानिक आधार(प्रमाणको अभाव रहेको भन्दै सर्वोच्चले उनलाई नगरप्रमुख पदबाट हटाउने गरि भएको आदेश कार्यान्वयन नगर्न भनेको हो। 

साहलाई दल परिवर्तन गरेको भन्दै निर्वाचन आयोगले पदमुक्त गरेको थियो। त्यसपछि साह आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालत पुगेकी थिइन्। 

प्रकाशित: २४ कार्तिक २०८० ११:४२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App