६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
राजनीति

भूकम्प पीडितका लागि केन्द्रीय सदस्यबाट एक/एक हजार संकलन गर्ने नेविसंघको निर्णय

नेपाल विद्यार्थी संघले भुकम्प पीडितका लागि प्रत्येक केन्द्रीय सदस्य बाट एक/एक हजार संकलन गरी राहत कोष स्थापना गर्न निर्णय गरेको छ। शनिबार केन्द्रीय कार्यालय अनामनगरमा बसेको बैठकले यस्तो निर्णय गरेको हो। 

नेपाल विद्यार्थी संघ केन्द्रीय कार्यसमितिका अध्यक्ष दुजाङ शेर्पाको अध्यक्षतामा बसेको आकस्मिक बैठकको निर्णय अनुसार भूकम्प प्रभावित क्षेत्रका लागि तत्काल राहत उपलब्ध गराउन सम्पूर्ण केन्द्रीय सदस्यहरूबाट कम्तीमा प्रति व्यक्ति एक हजारका दरले रकम संकल्न गर्न लागिएको संघका केन्द्रीय सदस्य टेकराज अवस्थीले जानकारी दिए।

थप रकम दिन इच्छुकले रकम बढाउन सक्ने नेविसंघले जनाएको छ।

प्रकाशित: १८ कार्तिक २०८० १२:२९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App