३१ वैशाख २०८१ सोमबार
image/svg+xml
राजनीति

जसपाले बोलायो केन्द्रिय कार्यकारिणी समितिको बैठक

जनता समाजवादी पार्टी,नेपालको केन्द्रिय कार्यकारिणी समितिको बैठक आज बस्दैछ। बैठक आज दिउँसो साढे २ बजे केन्द्रिय कार्यालय बालकुमारीमा बस्ने बताइएको छ।

बैठकमा मधेस प्रदेश सभाका समानुपातिक सांसद चयन गरिने बताइएको छ।  

समानुपातिक सांसद विन्दुकुमारी यादवको गत भदौमा निधन भएपछि उक्त स्थानमा उम्मेदवार सिफारिस गर्न बैठक बस्न लागेको हो।

पार्टीका प्रवक्ता मनिष सुमनका अनुसार कार्यकारिणी समितिको बैठकमा संगठन सदृढीकरण अभिायनको बारेमा बैठकमा छलफल हुने भएको छ।

प्रकाशित: १३ कार्तिक २०८० ०४:२७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App