६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
राजनीति

प्रधानमन्त्री दाहाल चितवनमा

तस्बिर: वसन्त ढुंगाना

प्रधानमन्त्री पुष्पकमल दाहालगृहजिल्ला चितवन आइ पुगेका छन्।भरतपुर महानगरपालिका प्रमुख एवं प्रधानमन्त्री पुत्री रेनु दाहालका अनुसार प्रधानमन्त्री दाहालले चितवनमा रहँदा भोलि आइतबार तीनवटा खानेपानी आयोजनाको उद्घाटन गर्ने कार्यक्रम छ।

प्रधानमन्त्री दाहाल आइतबार साँझ चितवन बस्ने वा फर्किने टुङ्गो लागिनसकेको उनले जानकारी दिइन। प्रधानमन्त्री दाहालले आइतबार शारदानगर, जखडिमाई र दिव्यनगर खानेपानी आयोजनाको उद्घाटन गर्नेछन।

शारदानगरको सो आयोजना रु ५५ करोड हाराहारीमा निर्माण गरिएको हो। आयोजनाबाट चार हजार घरपरिवारलाई खानेपानी सुविधा हुनेछ। सङ्घीय खानेपानी तथा ढल आयोजना चितवनका प्रमुख सुन्दर सुवेदीका अनुसार भरतपुर वडा नं ११ को जखडिमाई खानेपानी आयोजनाले तीन हजार पाँच सय परिवारलाई खानेपानी सुविधा दिनेछ। यो आयोजना रु २५ करोडको लागतमा निर्माण गरिएको हो।

यसैगरी, भरतपुर महानगरपालिका–२६ दिव्यनगरको खानेपानी आयोजना रु १० करोडको लागतमा निर्माण गरिएको हो। यो आयोजनाबाट एक हजार सात सय परिवार लाभान्वित हुनेछन्।  

प्रकाशित: २७ आश्विन २०८० ०६:२७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App