२२ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

दबाब, तनाव र चुनौतिमा छु: प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले राजनीतिकर्मीहरुलाई दबाब, तनाव र चुनौति धेरै हुने बताएका छन्।

शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा २०८० को उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले यस्तो बताएका हुन्। उनले आफू अहलिे दबाब, तनाव र चुनौतिको बीचमा रहेको बताए। उनले समाज भनेको राजनीतिमात्रै नभइ अन्यत्र पनि समाज भएको अनुभुति भएको सुनाए।

‘हामी राजनीतिकर्मीहरु अझ जिम्मेवारीमा भएकाहरुलाई राजनीतिकै दबाब, तनाव, एक खालको चुनौतिको बीचमा रहनुपर्ने हुन्छ। आज पनि मेरो दिन त्यस्तै थियो र छ। यही बीचमा पनि केही चिटहरु आए, कुराहरु आए। यस्तो बीचमा मानव सेवा आश्रमले असहायको सेवाको निम्ति यस वर्षको चाढ पर्वमा कसैले सडकमा बस्नु नपरोस् भनेर जुन अभियान लाँदै हुनुहुन्छ, सन्तोष, तनावमुक्त भएको जस्तो लागेको छ। समाज भनेको राजनीतिमात्रै होइन, अरु पनि पक्ष छन् जस्तो लागेको छ। धर्म, जिम्मेवारीको अर्को झनै महत्वपूर्ण पाटो छ, जस्तो महशुस भयो।’ उनले भने।

प्रकाशित: २६ आश्विन २०८० १४:०० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App