१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

राप्रपाले कोशी प्रदेशमा कसैको पनि पक्ष नलिने

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले कोशी प्रदेशमा कसैको पनि पक्ष नलिने निर्णय गरेको छ।

आज पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको केन्द्रीय पदाधिकारी बैठकले  कोशी प्रदेशमा कसैको पनि पक्ष नलिने निर्णय गरेको हो।

कोशी प्रदेशमा विकसित पछिल्लो परिस्थिति एवं मुलुकको समग्र राजनीतिक सामाजिक अवस्थाबारे समीक्षा गर्न र पार्टीको रणनीति तय गर्न बसेको उक्त बैठकले कोशी प्रदेशमा कसैको पनि पक्ष नलिने निर्णय गरेको सो पार्टीका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले बताए।

उनले भने, 'कोशी प्रदेशमा अनायासै जुन घटनाक्रम विकास भएको छ, त्यस विषयमा गम्भीर समिक्षा गरेका छौँ, घटनाक्रमलाई नजिकबाट नियाल्ने र अहिले मुख्यमन्त्री छान्ने विषयमा कसैको पक्ष नलिने, पछि आवश्यक परे निर्णय लिइने छ।'

प्रकाशित: २६ आश्विन २०८० ०७:५० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App