१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

काँग्रेसका नेता शेखरको पहलमा कोसी प्रदेशमा काँग्रेस र एमाले गठबन्धन सरकार बनाउने तयारी

कोसी प्रदेशमा प्रमुख प्रतिपक्ष दल नेकपा एमाले र नेपाली काँग्रेसको गठबन्धन  सरकार बन्ने सम्भावना बढेको छ। 

कसैले पनि प्रदेश सभामा विश्वासको मत लिन नसकेपछि पाँचौ पटक गठन भएको सरकार पनि ढलेको छ। राजनीतिक दलहरु मध्यावधिको विकल्प नभएको जिकिर गरिरहेका बेला नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले आफ्ना पक्षका संसदहरुलाइ विश्वासमा लिएर एमालेसँग मिलेर सरकार बनाउने पहल सुरु गरेका हुन। 

काँग्रेसका नेता डा. शेखर कोइराला एमालेसँग मिलेर सरकार बनाउने गृहकार्यमा जुटेको विश्वस्त स्रोतले नागरिकन्यूजलाई जानकारी दिएको छ। 

कांगेसको कुल २९ सिटमध्ये नेता कोइरालाको पक्षमा १३ जना संसद रहेको स्रोतले बतायो।

कोइरालाले आफ्नो खेमाका नेता तथा पूर्व मन्त्री केदार कार्कीलाई विश्वासमा लिएर लामो समयदेखिको ‘डेडलक’ फुकाउने प्रयास गरिरहेको बुझिएको छ। काँग्रेसका १३ जना भनेको कुल सिट संख्याको ४० प्रतिशत भन्दा बढी हो।

कोसी प्रदेश सभामा एमालेका सभामुखसहित ४० जना र काँग्रेसका २९ जना संसद छन्। शेखरले १३ जना संसद लिएर सरकार गठनका तयारी गरेपछि यसले केन्द्रीय राजनीतिमा पनि हलचल ल्याएको छ। काँग्रेसको शेखर खेमा र एमालेबीच सहमति भएमा प्रदेश सभामा विश्वासको मत प्राप्त हुने र त्यसले प्रदेशले दिगो सरकार पाउने आकलन गरिएको छ। अर्कातिर यसले केन्द्रीय राजनीतिमा समेत हलचल ल्याउने बताइएको छ।

कोसी प्रदेश सभामा समानुपातिक र प्रत्यक्ष तर्फ गरेर एमालेको ४०, काँग्रेसको २९, नेकपा माओवादी केन्द्रको १३, राष्ट्रिय प्रजातन्त्र पार्टीको ६, नेकपा एकीकृत समाजवादीको ४ र जनता समाजवादीको १ सिट छ। कोसी प्रदेशमा एमाले सबैभन्दा ठूलो दल भएपनि केन्द्रीय सत्ता गठबन्धनको बारम्बारको असहयोगका कारण बहुमत पु¥याउन सकेको छैन् जसले गर्दा ५ पटक सरकार गठन हुँदा पनि विश्वासको मत लिन नसकेर ती सरकार बारम्बार ढलेका छन्।

प्रकाशित: २५ आश्विन २०८० ०७:५८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App