१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

विद्यार्थी र श्रमिकहरू विदेशिए भनेर गोहीका आँसु मात्र नझारौँ : सांसद केसी

सांसद चित्रबहादुर केसीले विद्यार्थी र श्रमिकहरू विदेशिए भनेर गोहीका आँसु मात्र झारेर समस्या समाधान नहुने बताएका छन्। 

उनले बिहीबारको प्रतिनिधिसभा बैठकमा विद्यार्थी र श्रमिकहरू विदेशिने समस्याले विकराल रूप लिएको र सांसदहरू सदन भित्र गोहीका आँसु मात्र झारेर रमिता हेरिरहेको बताएका हुन।

‘हामी सबैले यहाँ गोहीका आशु बगाउँछौँ। नेपालमा विद्यार्थीहरू र श्रमिकहरू सारा विदेश तिर गए। अनि यो यहाँ गोहीका आशु चुहाउनुको औचित्यको के होला म दङ्ग दास पर्छु। कलकारखाना, उद्योग धन्दा, खानी फ्याक्ट्री छैनन्, उहिल्यै हामीले बेचेर लिलामी गरिसक्छौँ। यो गर्ने हामी यही छौँ। तर हामी गोहीको आँशु बगाइरहेका छौँ’, सांसद केसीले भने। 

उनले बेरोजगार र काम नभएका मात्र विदेश नगएको उल्लेख गर्दै भने, ‘मन्त्रीका छोरा, सांसदका छोरा, साहु महाजनका छोरा, धनी मानीका छोरा, अमेरिका युरोप, अस्ट्रेलिया पढाइका नाममा गइरहेका छन्। यी देश जान नसक्नेहरू कम्तीमा जापान गइरहेको छन्।’

सांसद केसीले सुनियोजित रूपमा देशलाई खाली बनाउने षडयन्त्र भइरहेको पनि उल्लेख गरे । 

‘यो एजेन्डा संसद्मा विशेष छलफल गर्नुपर्छ। के कारणले नयाँ पीढी रित्तिएर गएको छ। संसद्मा एजेन्डा बनाएर गम्भीर रूपले छलफल गरेर निकास निकाल्नु पर्छ’, उनले भने, ‘नेपाल सरकारले पढाउने अनि फाइदा विदेशीले लिने भएपछि खाली गोहीका आशु मात्र बगाएर हुदैन्।’

प्रकाशित: १८ आश्विन २०८० १०:०६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App