२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

संसदमा सांसदहरुलाई बोल्ने दिने कुरामा विभेद हुनुहुँदैनः जनार्दन शर्मा

सत्तारुढ नेकपा (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्माले सभामुख देवराज घिमिरेले सांसदहरुलाई बोल्न दिने समयमा विभेद् गरेको आरोप लगाएका छन्।

एमाले अध्यक्ष केपी शर्मा ओलीले लामो समय लिएर बोलेकोप्रति संकेत गर्दै उहाँले संसदमा सांसदहरुलाई बोल्न दिने समयबारे विभेद गर्न नहुने बताए।

मंगलवार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै उपमहासचिव शर्माले सार्वभौम सांसदहरुले बोल्ने बेलामा माईक काट्ने काम नगर्न पनि सभामुख घिमिरेको ध्यानाकर्षण गराए। उनले सबै सांसदहरुले आफ्ना कुरा राख्नुपर्ने भएकाले त्यसमा विभेद गर्न नपाइने बताए।

उपमहासचिव शर्माले भने, ‘सभामुख महोदय सार्वभौम संसदका म यदी सदस्य हो भने म के कुरा यहाँ आग्रह गर्न चाहन्छु भने मलाई पनि धेरै कुरा बोल्नु छ। मैले पनि धेरै कुरा भन्नु छ। त्यसकारण मेरो माईक नकाटियोस् भन्ने आग्रह गर्न चाहन्छु। किनभने मैले पनि धेरै कुराहरु दिनुछ यहाँ। मैले पनि भन्न पाउनु पर्छ। मजसता धेरै माननीयज्यूहरुले भन्न पाउनु पर्छ भन्ने कुरा पनि सँगसँगै राख्न पाउँछु। र, यहाँ विभेद हुुनहुँदैन भन्ने कुरा पनि म राख्न चाहन्छु।’

प्रकाशित: १६ आश्विन २०८० ११:१४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App