४ माघ २०८२ आइतबार
image/svg+xml
राजनीति

एमाले कर्णाली अधिवेशन: उम्मेदवारको नाम प्रकाशन, मतदानको टुंगो लागेन

एमालेको कर्णाली प्रदेश अधिवेशनको बन्द सत्र मा सहभागीहरू। तस्बिर: गोविन्द केसी/नागरिक

नेकपा (एमाले) कर्णाली प्रदेश अधिवेशनमा शनिबार साँझदेखि मतदान हुने भनेपछि अझै टुंगो लाग्न सकेको छैन।

वीरेन्द्रनगरमा बुधवारबाट जारी अधिवेशनमा दिउँसो १२ बजेदेखि हुने कार्यतालिका भएपनि सहमतिको लागि २ बजेसम्म रोकिएको थियो। त्यसपछि फेरी साँझ ६ बजे मतदान गर्ने निर्वाचन समितिले जानकारी दिए पनि ७ बज्न लाग्दा समेत मतदानको टुंगो लाग्न सकेको छैन।

उम्मेदवारको अन्तिम नामावली प्रकाशन भइसकेको छ। अन्तिम नामावली प्रकाशित भएसँगै अब मतदान प्रक्रिया अगाडि बढ्ने निर्वाचन समितिले जनाए पनि निर्वाचनको तयारी भएको छैन।

निर्वाचन हुने सिटी हलभित्र रहेका प्रतिनिधि तथा कार्यकर्ताहरुलाई हलको गेटबाट अहिले बाहिर पठाइएको छ। सिटी हलभित्र निर्वाचन समितिले उम्मेदवारहरुसंग छलफल गरिरहेको जनाइएको छ। निर्वाचन हुने भनिए पनि अहिलेसम्म कुनै टुंगो नलागेको प्रतिनिधि महेश ढुंगानाले बताए।

प्रकाशित: १३ आश्विन २०८० १३:१३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App