२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

‘दिगो विकासको लक्ष्य हासिल गर्न थप लगानी आवश्यक’

प्रधानमन्त्री पुष्पकमल दाहालले अल्पविकसित देशमा दिगो विकासको लक्ष्य हासिल गर्न थप लगानीको आवश्यकता औंल्याएका छन्।

संयुक्त राष्ट्र संघको मुख्यालय न्युयोर्कमा जारी सन् २०२३ को एसडिजी शिखर सम्मेलनमा विश्वका अतिकम विकसित देशहरूको समूहको अध्यक्ष नेपालका तर्फबाट सोमबार सम्बोधन गर्दै उनले त्यस्तो बताएका हुन्। अति कम विकसित देशहरूका पक्षमा अन्तर्राष्ट्रिय समुदायले यसअघि गरेको प्रतिबद्धता कार्यान्वयन गर्नुपर्नेमा उनले जोड दिए।

प्रधानमन्त्री दाहालले कोभिड १९ महामारी, जलवायु परिवर्तन, भूराजनीतिक तनावजस्ता विश्वव्यापी संकटहरूले अतिकम विकसित देशहरूको प्रगतिलाई थप जोखिममा धकेलिरहेको स्पष्ट पार्दै यसबाट उम्कन उद्धार योजना जरुरी रहेको बताए। उनले सन् २०२१ को तुलनामा २०२२ मा अल्प विकसित देशहरूमा विदेशी प्रत्यक्ष लगानीको प्रवाह लगभग ३० प्रतिशतले घटेको पनि बताए। त्यसबाट पूर्वाधार, नवीकरणीय ऊर्जा, खानेपानी तथा सरसफाइ, खाद्य सुरक्षा, स्वास्थ्य र शिक्षामा लगानीलाई ठुलो धक्का लागेको तथा बाह्य ऋणले संकटको जोखिम बढाएको उनको भनाइ थियो।

प्रधानमन्त्री दाहालले अतिकम विकसित देशहरूले स्वदेशी स्रोत र संस्थालाई सुदृढ र परिचालन गर्ने अधिकतम प्रयास जारी राखेको बताउँदै दिगो विकास लक्ष्य हासिल गर्न एक्लो प्रयासले मात्रै सम्भव नहुने धारणा राखे। यसका लागि दोहा कार्ययोजना, जसप्रति अन्तर्राष्ट्रिय समुदायको समर्थन र प्रतिबद्धता स्वीकार गर्न उनले आग्रह गरे।

उनले दिगो विकास लक्ष्य हासिल गर्न थप लगानी, संरचनात्मक रूपान्तरणका लागि समर्थन र कोभिड महामारीबाट द्रुत र दिगो रिकभरी हासिल गर्न आवश्यक हुने उनको भनाइ थियो। एसडिजी प्रोत्साहन प्याकेजमार्फत अतिकम विकसित राष्ट्रलाई सहयोग गर्न, अतिकम विकसित राष्ट्रहरूको ऋण संकटलाई सम्बोधन गर्न र समयमै समन्वित र उपयुक्त ऋण समाधान उपलब्ध गराउन पनि उनले आग्रह गरे।

प्रकाशित: २ आश्विन २०८० ०१:५० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App