१९ असार २०८१ बुधबार
image/svg+xml
राजनीति

प्रधानमन्त्री दाहालले चिनियाँ राष्ट्रपति शिसँग हाङजाओमा शिष्टाचार भेट गर्ने

प्रधानमन्त्री पुष्पकमल दाहालले चीनका राष्ट्रपति शि जिनपिङसँग हाङजाओमा शिष्टाचार भेटवार्ता गर्ने भएका छन्।

प्रधानमन्त्री दाहालले आफ्नो चीन भ्रमण र संयुक्त राष्ट्र संघको ७८ औं महासभाको औपचारिक भ्रमणबारे शुक्रवार आज सभालाई जानकारी गराउँदै सो कुरा बताएका हुन। प्रधानमन्त्री दाहाल अगामी असोज ५ गते संयुक्त राष्ट्र संघको ७८ औं महासभामा भाग लिएर सिधै चीन भ्रमणमा जाने कार्यक्रम तय गरिएको छ।

प्रधानमन्त्री दाहालले छोटो समय रहेका कारण संयुक्त राष्ट्र संघको ७८ औं महासभाको कार्यक्रम सकेर त्यतैबाट चीन भ्रमणमा जानुपर्ने अवस्था आएको बताए। उनले आफ्नो चीन भ्रमण दुई मुलुकबिचको  विद्यमान द्विपक्षीय सम्बन्धलाई थप प्रगाढ बनाउने तथा नेपाल र नेपाली जनताको हित एवं दुई मुलुकबिचको सम्बन्धलाई मजबुत तुल्याउन सदुपयोग गर्ने बताए।

प्रधानमन्त्री दाहालले संयुक्त राष्ट्र संघको महासभामा आफूले नेपालले हासिल गरेका राजनीतिक उपलब्धिहरू अवगत गराउने, शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पु¥याउन नेपालले गरिरहेको प्रयासमा अन्तर्राष्ट्रिय समुदायको सद्भाव खोज्ने, अतिकम विकसित मुलुकबाट दिगो र स्थायी रुपमा स्तरोन्नति हुन आइपरेका चुनौतीबारे विश्व समुदायको ध्यानाकर्षण गराउने बताए।

उनले अल्प विकसित देशहरूको समूहका अध्यक्षको हैसियतले यो समूहका सदस्य राष्ट्रहरूले झेल्नुपरेका विशिष्ट चुनौतीबारे आवाज उठाउने, जलवायु परिवर्तनबाट नेपालजस्तो पर्वतीय देशमा परेको गहिरो र दूरगामी प्रभाव लगायत नेपालका लागि चासोका विषय र प्राथमिकताहरूप्रति विश्व समुदायको ध्यानाकर्षण गराउने योजना रहेको बताए।प्रधानमन्त्री दाहालको प्रधानमन्त्रीको रुपमा चीनको यो तेस्रो भ्रमण हो।भ्रमण दल छोटो र छरितो रहेको पनि उनले दाबी गरे।  

प्रकाशित: २९ भाद्र २०८० ०८:४३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App