२० वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

नेम्वाङको पार्थिव शरीर आज उनकै निवासमा राखिने

नेकपा एमालेका उपाध्यक्ष तथा संविधान सभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको पार्थिव शरीर आज उनकै निजी निवासमा राखिने भएको छ।

श्रद्धाञ्जलिका लागि आज दिउँसोसम्म ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमै राखिने शरीर दिउँसोपछि निजी निवास लगिने छ। उनको पार्थिव शरीरमा आज बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म श्रद्धाञ्जलि व्यक्त गर्नका लागि च्यासलमै व्यवस्था मिलाइएको छ।  

एमाले प्रचार विभाग सचिव गगन विष्टका अनुसार नेम्वाङको पार्थिव शरीर दिउँसोपछि बालुवाटारस्थित निवासमा राखिने भएको हो। त्यहाँ नेम्वाङप्रति उनका आफन्तजन, इष्टमित्र र परिवारका सदस्यबाट अन्तिम श्रद्धाञ्जलि अर्पण गर्ने कार्यक्रम छ। विदेशबाट छोराहरू आइसकेपछि उनको अन्त्येष्टि भोलि राजकीय सम्मानका साथ पशुपति आर्यघाटमा गरिने भएको छ।  

एमालेले उनको सम्मानमा तीन दिनसम्म पार्टीका आधा झण्डा झुकाउने निर्णय गरेको छ।

प्रकाशित: २७ भाद्र २०८० ०३:३८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App