१६ असार २०८१ आइतबार
image/svg+xml
राजनीति

मन्त्रिपरिषदको बैठक सुरु

मन्त्रिपरिषदको बैठक सुरु भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरवारमा बैठक जारी छ।  

सरकारले संविधान सभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गर्ने भएको छ। यस विषयमा निर्णय गर्न मन्त्रिपरिषद् बैठक बसिरहेको छ। बैठकले नेम्वाङलाई दिने सम्मानबारे निर्णय गर्ने गृहमन्त्री नारायणकाजी श्रेष्ठले बताए।

२०५१ मा कानुन मन्त्री भइसकेका नेम्वाङ २०६३ को अन्तरिम संसदका सभामुख थिए। पहिलो र दोस्रो संविधान सभाका अध्यक्ष रहेका नेम्वाङले संविधानका अन्तरवस्तुमा दलहरूलाई सहमतिमा ल्याउन भूमिका खेलेका थिए।

नेम्वाङकै नेतृत्वमा २०७२ असोज ३ गते नेपालको संविधान जारी भएको थियो।

प्रकाशित: २६ भाद्र २०८० ०५:०१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App