४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
राजनीति

संसदीय प्रणालीबारेको संवैधानिक व्यवस्था नै त्रुटिपूर्ण: अध्यक्ष यादव

विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै जसपा अध्यक्ष उपेन्द्र यादव। तस्बिर: चुमन बस्नेत

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले संसदीय प्रणालीबारेको संवैधानिक व्यवस्था नै त्रुटिपूर्ण रहेको बताएका छन्।

सोमबार विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै अध्यक्ष यादवले संविधानमा भएको सरकार गठनबारेको तहगत व्यवस्था नै त्रुटिपूर्ण रहेको बताएका हुन्।

यादवले आफूहरूले बारम्बार संविधान संसोधन गरेर कमी कमजोरी सच्याउन माग गरिरहेको बताए। उनले संसदीय प्रणाली अनुसार बहुमत हुनेले सरकार चलाउने र बहुमत नपुग्ने प्रतिपक्षमा बस्ने बताए। कसैको बहुमत नपुगे संसद विघटन भएर तजा जनादेशमा जाने उनको भनाइ छ।

तर, संविधानमा बहुमत नपुगे पनि सरकारको नेतृत्व गर्न पाउने विभिन्न तहगत चरण पार गरेर मात्रै संसद विघटन हुने व्यवस्था त्रुटिपूर्ण रहेको स्पष्ट पारे। उनले भन,े ‘संविधानमा संसद विघटनबारे गरिएको तहगत व्यवस्था सच्याउनु पर्छ।’ यादवले संविधान संसोधन गरेर शासकिय स्वरुप, निर्वाचन प्रणाली र संसदीय संरचनामा फेरवदल नगरेसम्म समस्या आइरहने बताए। दलहरूले राजनीतिक मामिलाको राजनीतिक रुपमै सम्बोधन गर्नु पर्नेमा जोड दिंदै राजनीतिक मामिलालाई न्यायलयमा दलहरूले प्रवेश नगराउनु नै राम्रो हुने धारणा राखे।  

प्रकाशित: २५ भाद्र २०८० ०७:२७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App