६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
राजनीति

देश आर्थिक संकटमा छ: प्रदेश सांसद यादव

मधेश प्रदेश सांसद जितेन्द्र यादव सुनिलले देश आर्थिक संकटबाट गुज्रिरहेको बताएका छन्।

शनिबार रौतहटको शिवनगरस्थित लोकदेवता गणिनाथको वार्षिक सार्वजनिक पूजालाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन्। सांसद यादवले रौतहटको शिवनगरलाई धार्मिकस्थलको रुपमा विकास गर्न र धर्मशाला निर्माण गर्न आफूले सक्दो सहयोग गने प्रतिबद्धता समेत जनाए।

सो अवसरमा सांसद यादवसहित दुई नगर प्रमुखलाई सम्मान गरिएको थियो। उनी सहित देवाही गोनाही नगरपालिकाका प्रमुख प्रेमलाल साह र गरुडा नगरपालिकाका प्रमुख कन्थमनिप्रसाद यादवलाई सम्मान गरिएको हो। कानु समाज कल्याण समिति रौतहटका अध्यक्ष सर्फलाल गुप्ताले दोसल्ला ओढाएर सम्मानपत्रसहित उनीहरुलाई सम्मान गरेका थिए।

कार्यक्रममा बारा, सर्लाही र रौतहटका साथै भारतबाट पनि हजारौँ दर्शनार्थीहरुको सहभागिता रहेको थियो। हरेक वर्ष कृष्णाष्टमीको लगत्तै आउने शनिवारका दिन लोकदेवता गणिनाथ गोविन्दको कानु, हलुवाई लगायत अन्य जातिका मानिसहरुले सार्वजनिक पूजा गर्दै आएका छन्।

प्रकाशित: २३ भाद्र २०८० १५:११ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App