३० वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

चुनावी एजेन्डा मात्रै बनाइयोः लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले कर्णालीको सम्भावनालाई राजनीतिक दलहरूले एजेन्डा मात्रै बनाएको आरोप लगाएका छन्। वीरेन्द्रनगरमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा उनले कर्णालीको अपार सम्भावना चुनावी एजेन्डामा मात्रै सीमित हुँदा विकास हुन नसकेको संकेत गरे।

लिङ्देनले दलहरूले कर्णालीका मुद्दालाई भोटसँग मात्र जोडेको आरोपसमेत लगाए। उनले यहाँका तमाम एजेन्डा राप्रपाले अवसर पाएको खण्डमा एकएक गरेर पूरा गर्नेसमेत उद्घोष गरे। जनताबाट अवसर पाएको खण्डमा आफूहरूले कर्णालीका धेरै सम्भावनाको ढोका खोल्ने लिङ्देनले बताए। उनले आफ्नो पार्टीले सत्ताकेन्द्रित राजनीति पनि नगर्ने बताए। राप्रपाले कोशी सरकारमा सहभागी हुन केन्द्रमा पनि केही मन्त्रालयको माग गरेको भन्ने समाचारमा सत्यता नरहेको बताए। उनले राप्रपा सरकारमा जान आतुर नभएको र राप्रपाले सत्ताकेन्द्रित राजनीति कहिल्यै नगर्ने दाबी गरे। सरकारले भ्रष्टाचारका फाइल खोले पनि अनुसन्धानले तीव्रता नपाएकोमा दुःख व्यक्त गर्दै भने, ‘सरकारले भ्रष्टाचारका फाइल खोल्दा र अनुसन्धान गर्दा हाम्रो पार्टीका १४ सांसदको साथ चाहिएको खण्डमा हामी साथ दिन तयार छौं।’ ‘अब नविन राप्रपा’ भन्ने कार्ययोजनाअनुसार सुर्खेतमा हुने कार्यकर्ता प्रशिक्षणका लागि लिङ्देन आएका हुन्।

प्रकाशित: २३ भाद्र २०८० ०१:२८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App