३० भाद्र २०८१ आइतबार
image/svg+xml
राजनीति

रिजालको निधनप्रति सभापति देउवाद्वारा दुःख व्यक्त

नेपाली कांग्रेस काठमाडौं जिल्ला निर्वाचन क्षेत्र नं-७ का क्षेत्रीय सभापति एवं काठमाडौं महानगरपालिका-१६ का वडाध्यक्ष मुकुन्द रिजालको निधनप्रति पार्टी सभापति शेरबहादुर देउवाले दुःख व्यक्त गरेका छन्।

स्वर्गीय रिजालले कांग्रेसको संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनमा पुर्‍याएको योगदानको स्मरण गर्दै सभापति देउवाले उनीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका हुन्। साथै दिवंगत आत्माको चिरशान्तिको कामनाका साथ शोक सन्तप्त परिवारजनप्रति पार्टी र आफ्नो तर्फबाट उनले गहिरो समवेदना प्रकट गरेका छन्।

रिजालको ग्राण्डी अस्पतालमा उपचारका क्रममा आज बिहान ७ः३० बजे निधन भएको पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

उनको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि आज विहान ११ बजेदेखि १२ बजेसम्म राष्ट्रिय सभागृहमा र बिहान १२ः३० देखि १ः३० बजेसम्म पशुपति मन्दिर परिसरमा राखिनेछ। अपरान्ह २ः३० बजे रिजालको दाहसंस्कार गरिने कार्यक्रम रहेको कांग्रेसले जनाएको छ।

विसं २०२७ कात्तिकमा जन्मेका रिजालले कांग्रेसको संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेका थिए। २०४६ सालको ऐतिहासिक जनआन्दोलमा उनी प्रहरीको हिरासतमा परेका थिए।

रिजाल कांग्रेस काठमाडौं क्षेत्र नं-७ को क्षेत्रीय सभापति र कामनपा-१६ को वडाध्यक्ष पदमा दुई पटक निर्वाचित भएका थिए।

सरस्वती क्याम्पसमा अध्ययनरत रहँदा नेपाल विद्यार्थी संघमा आवद्ध भई राजनीतिक यात्रा प्रारम्भ गरेका उनले मानव अधिकारवादी संघसंस्थामा समेत आवद्ध भएर कार्य गर्दै आएका थिए।

उनको निधनबाट कांग्रेसले एक होनाहार नेतृत्वलाई गुमाएको पार्टीले जनाएको छ।

प्रकाशित: २१ भाद्र २०८० ०६:३५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App