१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

लुम्बिनीमा एमालेको नेतृत्व छान्न मतगणना जारी

नेकपा एमालेको लुम्बिनी  प्रदेशको नेतृत्वका लागि भएको निर्वाचनको मतगणना जारी छ।

प्रदेश कमिटीको अध्यक्षका लागि निवर्तमान अध्यक्ष राधाकृष्ण कँडेल र केन्द्रीय सदस्य हरि रिजाल प्रतिस्पर्धामा छन्। कँडेल पाल्पाका हुन् भने, रिजाल प्युठानमा हुन्।

पदाधिकारी र सदस्यसहित २०५ को प्रदेश कमिटीका लागि ३६४ जना प्रतिस्पर्धामा उत्रेका थिए। आज साढे ८ बजेदेखि  भएको मतदान दिउसो ३ सकिएको थियो। कुल १००४ मतदाता मध्ये ९६५ मत खसेको मुख्य निर्वाचन अधिकृत हरि प्रसाद भण्डारीले जानकारी दिए।

उपाध्यक्षमा रुपन्देहीका भोजप्रसाद श्रेष्ठ,विश्वराज बराल, बाँकेका पूजन विश्वकर्मा र रोल्पाका शान्तकुमार वली छन्।उपसचिवमा   रुकुम पूर्वका उपेन्द्रलाल कामी, बाँकेका दुर्गाप्रसाद थारू चौधरी, रोल्पाका पूर्ण बुढामगर र गुल्मीका हिरा एसी रहेका छन्। यस्तै, महिला उपसचिवमा बाँकेकी आरती पौडेल, बसन्ती अधिकारी र बर्दियाकी लिला रानामगरको उम्मेदवारी रहेको छ। सचिवमा लक्ष्मण आचार्य निरर्विरोध भइसकेका छन्।

प्रकाशित: १९ भाद्र २०८० १२:५४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App