७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
राजनीति

वनमन्त्री महतोको सय दिन: २३ वटा वातावरण प्रभाव मूल्याङ्कन प्रतिवेदन पास

वन तथा वातावरणमन्त्री डा.वीरेन्द्रप्रसाद महतोले मन्त्री भएको सय दिनमा २३ वटा वातावरण प्रभाव मूल्याङ्कन प्रतिवेदन पास गरेको बताएका छन्।

सोमवार मन्त्रालयमा वन मन्त्रालयको कार्यभार सम्हालेको एक सय दिनको कार्यप्रगति विवरण सार्वजनिक गर्दै उनले गत आर्थिक वर्षभरमा वातावरण प्रभाव मूल्याङ्कन प्रतिवेदन ३७ वटा स्वीकृत गरेकोमा पछिल्लो सय दिनमा २३ वटा वातावरण प्रभाव मूल्याङकन प्रतिवेदन स्वीकृत गरेको दाबी गरे।

उनले वन मन्त्रालयमा एक सय दिनमा वन क्षेत्रका धेरै समस्याहरू सहजिकरण गर्न सफल भएको बताए। मन्त्री महतोले विभिन्न मन्त्रालयहरूबाट प्रश्ताव भए बमोजिम ५ हाइड्रोपावर र ५ अन्य आयोजनाहरू गरी कुल १० वटा विकास आयोजनाहरूलाई राष्ट्रिय वनको १४३.०९०८ हेक्टर जग्गा प्रयोग गर्न स्वीकृत दिएको बताए।  

उनले प्रयोग गर्न दिएको जग्गामा रहेका विभिन्न प्रजातिका १६ हजार ३० वटा रुख हटाउने सम्बन्धमा नेपाल सरकारबाट निर्णय भइ विकास आयोजना सञ्चालनभा सहजीकरण गरिएको पनि जानकारी गराए। उनले प्रदेशमा वन तथा वातावरण मन्त्रालयहरूसँग उच्च स्तरिय समन्वय बैठक सम्पन्न गरेको बताए।  

मन्त्री महतोले सरकारसँग वन्यजन्तु संरक्षण क्षेत्रमा काम गर्ने व्यक्ति तथा संस्थाहरूले स्वीकृत लिन आग्रह गर्दै वन्यजन्तु संरक्षण गर्न त्यस्ता संस्थाहरुले टेक्नोलोजी वा आइडी दिनुपर्ने बताए। वन्यजन्तु संरक्षणका काम गर्ने संस्थाहरूले वातावरण मन्त्रालयसँग मिलेर काम गर्न आग्रह पनि गरे।

उनले भने, ‘प्रदेशमा वन तथा वातावरण मन्त्रालयहरुसँग उच्चस्तरिय समन्वय बैठक सम्पन्न गरेका छौं। जसले वन्यजन्तु बाघ हिंसावादी भयो भन्नुहुन्छ भन्ने मान्छेहरूले सरकारलाई आइडिया दिनुपर्छ। यस्तो गर्न एउटा पनि  मान्छे र संस्थाहरू आउँदैनन् । वन्यजन्तु संरक्षणका काम गर्ने संस्थाहरुले वातावरण मन्त्रालयसँग मिलेर काम गर्नुपर्छ।’

मन्त्री महतोले पछिल्लो एक सय दिनमा उत्साहजनक रुपमा काठ दाउरा उत्पादन भएको भन्दै काठ दाउरा,जडिबुटी बिक्री तथा पर्यापर्यटनको क्षेत्रबाट २ अर्ब ७९ करोड ७१ हजार रुपैयाँ सरकारलाई राजश्व संकलन भएको बताए। वनस्पति संरक्षण, सम्बद्र्धन र उपयोगका कार्यहरू थप प्रभावकारी रुपमा कार्यान्वयन गर्न अत्याधुनिक हर्वेरियम भवन निर्माण थालनी भएको बताए।  

प्रकाशित: १८ भाद्र २०८० ११:५९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App