१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

भारत र चीन भ्रमणको प्रमुख एजेण्डा कृषि रहेको प्रधानमन्त्री दाहालको भनाइ

प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालसँग प्रश्नोत्तर श्रृङ्खला जारी छ ।  

सांसद उर्मिला माझिले ६५ प्रतिशत जनसङ्ख्या कृषिमै आधारित भएको अवस्था सरकारले मुलुकलाई कृषिमा आत्मनिर्भर बन्न र उत्पादन तथा उत्पादकत्व बढाउनका लागि के कस्ता काम गरिरहेको छ? भनेर प्रश्न गरिन्।  

उनको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री दाहालले कृषिमा आत्मनिर्भर बन्नका लागि सबल अर्थतन्त्र निर्माणका लागि सरकार प्रयासरत रहेको बताए।  

कृषि क्षेत्रमा व्यावसायिकीकरण, यान्त्रिकीकरण, आधुनिकीकरण गर्नका लागि तीन तहकै सरकारसँग मिलेर विभिन्न कार्यक्रमका लागि बजेट पनि विनियोजन गरिएको भन्दै प्रधानमन्त्री दाहालले सरकारले सोचे अुसारको कृषिमा उत्पादन र प्रतिफल पाउन नसकेको उल्लेख गरे।  

उनले सरकारले कृषिमा उत्पादकत्व बढाउनका लागि दूध तथा मासुमा आत्मनिर्भर बन्नका लागि पशु नस्ल कार्यक्रम, कृषि बीमा कार्यक्रम जस्ता कार्यक्रम पनि सञ्चालनमा ल्याएको बताए।

कृषि क्षेत्रमा लगानी बढउानका लागि सरकारले सहुलियतमा ऋण उपलब्ध गराउने, विभिन्न कृषि केन्द्रीत कार्यक्रम पनि सञ्चालनमा ल्याएको तर, अहिलेसम्म जे जति काम भएका छन् त्यसबाट सोचे जति प्रतिफल हासिल हुन नसकेको उनले उल्लेख गरे।  

प्रधानमन्त्री दाहालले कृषि क्षेत्रमा मुलुकलाई सबल र सक्षम बनाउनका लागि आफ्नोे भारत भ्रमणको क्रममा भारत सरकारसँग कृषि उत्पादन र उत्पादकत्व बढाउन तथा नयाँ प्रविधि अनि प्राकृतिक रुपमा कसरी कृषिलाई अघि बढाउन सकिन्छ भन्ने विषयमा छलफल गर्ने तथा चीन भ्रमणको क्रममा पनि यस विषयमा गम्भीर छलफल गर्ने बताए।

 

प्रकाशित: १२ भाद्र २०८० ०६:०५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App