११ असार २०८१ मंगलबार
image/svg+xml
राजनीति

राप्रपा कोशीमा तथस्ट बस्छ: सिटौला

राप्रपा मोरङको नव गठीत जिल्ला समितिको पदस्थापन कार्यक्रममा सहभागिहरू। तस्बिर: चुमन बस्नेत /नागरिक

राष्ट्रिय प्रजातन्त्रपार्टी कोशी प्रदेश संसदीय दलका नेता भक्तिप्रसाद सिटौलाले कोशी प्रदेशमा राप्रपा तथस्ट बस्ने बताएका छन्।

राप्रपा मोरङको नव गठित समितिको पदस्थापन कार्यक्रमलाई सम्बोधन गर्दै सिटौलाले कोशीमा राप्रपा तथस्ट बस्ने बताएका हुन्।

राप्रपाले संघीय संसदमा एउटा संसदीय सभापतिको नेतृत्व पाए वापत कोशी प्रदेशमा  सत्ता गठबन्धनलाई सघाउने हल्ला निराधार भएको सिटौलाले दाबी गरे  उनले भने,‘संघीय संसदको भौतिक पूर्वाधार समिति पाएबापत कोशी प्रदेशमा सत्ता गठबन्धनलाई सहयोग गर्ने हल्ला निराधार हो। यसमा कुनै सत्यता छैन’ सिटौलाले भने। सिटौलाले कोशी प्रदेशमा सत्तारुढ गठबन्धनलाई मात्रै नभई प्रतिपक्ष एमालेलाई पनि राप्रपाले सहयोग नगर्ने दाबी गरे। उनले सहकार्य गरेको आधारमा अदालतले संविधानको धरा १६८ को उपधार ३ अनुसार एमालेका संसदीय दलका नेता हिक्मतकुमार कार्कीलाई मुख्यमन्त्री बन्ने बाटो खोलेको अवस्थामा पनि राप्रपा सरक्क सरकारमा सहभागि नहुने सिटौलाले बताए। ‘राप्रपा एमालेको भाई पार्टी हैन, कान्छो भाई पनि हैन त्यहि भएकाले उपधारा ३ अनुसार सरकार गठन भएपछि राप्रपा सरकारमा जाँदैन  सहकार्य गरिरहेकाले एमालेलाई राप्रपाले मत दिंदा बहुमत पुग्ने अवस्थामा मात्रै सहयोग गछौं भनेर एमालेलाई पनि स्पष्ट पारिसकेका छौं’ सिटौलाले भने।

राप्रपाले कसैसँग वार्गेनिङको राजनीति नगर्ने  सिटौलाले स्पष्ट पारे। उनले कोशी प्रदेशमा पनि कांग्रेसले सहयोग गर्नुस् भन्ने प्रस्ताव राख्दा राप्रपाले कांग्रेससँगको भरपर्दो राजनीति सहकार्यको प्रस्ताव राखेको तर, कांग्रेसले कुनै प्रस्ताव नल्याएका कारण सहयोग गर्न नसकेको  सिटौलाले बताए। यसैवीच गोपाल कटुवालको अध्यक्षतामा २८ सदस्यीय मोरङ जिल्ला कार्यसमिति गठन भएको छ। समितिको  बरिष्ठ उपाध्यक्ष मकारानन्द पराजुलीलाईचयन गरिएको भए पनि २६ जनालाई सदस्यमात्रै राखिएको छ। अन्य पदको बाँडफाँट पछि गर्नेगरी जिल्ला समिति गठन गरिएको राप्रपाले जनाएको छ। नव निर्वाचित पदाधिकारीहरूले सोमबार नै  पदभार ग्रहण पनि गरेका छन्। कार्यक्रममा  राप्रपाका महामन्त्री  प्रह्लादप्रसाद साह, केन्द्रिय सह प्रवक्ता दिनेश साह, केन्द्रिय सदस्य दिनेश साहलगायतको उपस्थिति रहेको थियो।

प्रकाशित: ११ भाद्र २०८० १२:०३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App