१८ माघ २०८२ आइतबार
image/svg+xml
राजनीति

नेपाल-रुस मित्रताको ६७ वर्ष

कूटनीति

नेपाल र पूर्व सोभियत संघ (रुस)बीचको आपसी सद्भाव, सहकार्य र सम्बन्धले ६७ वर्ष पूरा गरेको छ। नेपाल र रुसबीचको दौत्य सम्बन्धले दुई देशको भूगोल मात्र होइन, दुई देशका जनताबीचको परस्पर सम्बन्धलाई पनि एक–आपसमा जोडेको छ।

२० जुलाई १९५६ को दिन थियो, जुन दिन नेपाल र तत्कालीन सोभियत संघ (रुस)बीच दौत्य सम्बन्धको जग हालिएको थियो। सोभियत संघका तत्कालीन राष्ट्रपति केई भोरोसिलोभको निमन्त्रणामा राजा महेन्द्र रुस भ्रमणमा गएका थिए। सन् १९५८ जुन ४ देखि जुन २६ सम्म भएको राजा महेन्द्रको राजकीय भ्रमणका क्रममा नेपाल र रुसबीच शिक्षा, स्वास्थ्य, कृषि, उद्योग, सडक, पूर्वाधारलगायत क्षेत्रमा सहयोग गर्ने गरी विभिन्न सम्झौता भएका थिए।

यसै क्रममा पूर्व–पश्चिम राजमार्गको सर्भे र १०८ किलोमिटर पथलैया–ढल्केबर सडक खण्डको निर्माण शिलान्यास गरी सोभियत संघले सहयोगको पहिलो उदाहरण प्रस्तुत गर्‍यो। नेपालको सडक निर्माण कार्यक्रममा छिमेकी राष्ट्र भारत पहिलो स्थानमा छ भने रुस दोस्रो स्थानमा छ।

नेपाल र पूर्व सोभियत संघ (रुस)बीचको आपसी सद्भाव, सहकार्य र सम्बन्धले ६७ वर्ष पूरा गरेको छ। नेपाल र रुसबीचको दौत्य सम्बन्धले दुई देशको भूगोल मात्र होइन, दुई देशका जनताबीचको परस्पर सम्बन्धलाई पनि एक–आपसमा जोडेको छ।

चीन र जापानले पनि सडक निर्माणलाई प्राथमिकतामा राखी सहयोग पुर्‍याउँदै आएका छन्। रुसबाट विद्यावारिधिको उपाधिप्राप्त प्रथम नेपाली जलविद्युत् विज्ञ स्वर्गीय हरिमान श्रेष्ठले ८३ हजार मेगावाट विद्युत् उत्पादन गर्न सकिने सम्भावना भएको जलस्रोतको धनी देशमध्ये एक भनी नेपाललाई विश्वमा चिनाउने काम गरे।

उनको नेतृत्वमा रुसले सन् १९६५ मा पनौतीमा २.४ मेगावाटको विद्युतगृह निर्माण गर्‍यो। नेपालको आर्थिक विकास र औद्योगिकीकरणका लागि जलविद्युत् नै मूल आधार स्तम्भ हो भन्ने विषयमा आँखा खोलिदिएको त्यसैताका हो।

आज अन्तर्राष्ट्रिय जगत्ले पनि नेपालको जलविद्युत् क्षेत्रमा लगानी गर्न उत्सुकता देखाएको छ। हाम्रा छिमेकी राष्ट्र भारत र चीनले जलविद्युत्मा लगानी गरी विद्युत् उत्पादन पनि सुरु गरिसकेका छन्। रुसलगायत अन्य मित्र राष्ट्रले पनि यस्ता योजनामा लगानी गर्न उत्सुकता देखाएका छन्।

सन् १९६० को दशकमा विश्वमै औद्योगिक क्रान्ति चलिरहेको अवस्थामा रुसले नेपाललाई सुर्ती खेती गर्न सहयोग गर्‍यो र जनकपुर चुरोट कारखाना स्थापना गरी नेपाललाई औद्यौगिकीकरणको दिशामा लैजान मद्दत पुर्‍यायो। किसानको आर्थिक अवस्था सुधार गर्नमा र नेपाली जनतालाई वैज्ञानिक कृषि खेती र कृषिको औद्योगिकीकरण गर्न कृषि औजार कारखानामार्फत कृषि क्रान्ति गरेर आर्थिक स्तर रूपान्तरण गर्न प्रेरित गर्‍यो।

नेपालको प्रथम चिनी कारखाना मोरङ सुगर मिल थियो। त्यसले हाम्रो मागलाई पूर्ति गर्न नसकिरहेको अवस्थामा रुसको सहयोगमा निर्माण भएको वीरगन्ज चिनी कारखाना दोस्रो हो। यो कारखानाले चिनीको आवश्यकता पूर्ति गर्दै चिनीमा आत्मनिर्भर हुन र नेपालको पुँजी विदेश पलायनलाई न्यूनीकरण गर्दै उखु उत्पादन गर्ने किसानलाई पनि नगदेबालीका रूपमा आर्थिकोपार्जन गर्न सकिने शिक्षा, ज्ञान र सिपको आँखा खोलिदियो।

चीन र जापानले पनि सडक निर्माणलाई प्राथमिकतामा राखी सहयोग पुर्‍याउँदै आएका छन्। रुसबाट विद्यावारिधिको उपाधिप्राप्त प्रथम नेपाली जलविद्युत् विज्ञ स्वर्गीय हरिमान श्रेष्ठले ८३ हजार मेगावाट विद्युत् उत्पादन गर्न सकिने सम्भावना भएको जलस्रोतको धनी देशमध्ये एक भनी नेपाललाई विश्वमा चिनाउने काम गरे।

रुस नै नेपालमा कृषिमा आधुनिकीकरण गरी कृषि उत्पादन र उत्पादकत्व वृद्घि गर्न २०२३ सालमा कृषि औजार कारखाना निर्माण तथा सञ्चालन गर्न सघाउने प्रथम राष्ट्र बन्यो। रुसले नेपाललाई आफ्नो मालसामान बेच्ने बजारका रूपमा कहिल्यै हेरेन। उसले सुरुदेखि नै नेपालले आन्तरिक कच्चा पदार्थ उपयोग गरी बनाउने कलकारखानाको विकासबाट बाह्य निर्भरता कम गर्न र रोजगारी सिर्जना गर्न सकोस् भन्ने ध्येय राखेको देखिन्छ।

त्यसैगरी सन् १९६० को दशकमा नेपालमा औलो, कालाजार, हैजाजस्ता महामारीबाट बाल मृत्युदर निकै नै बढिरहेको अवस्थामा त्यसलाई न्यूनीकरण गर्न स्वास्थ्य क्षेत्रमा सन् १९६१ मा रुसले ५० शैड्ढयाको कान्ति शिशु बाल अस्पताल निर्माण गर्‍यो। यो नै नेपालको पहिलो बाल अस्पताल हो। २०४३ सालमा वन सम्पदाको सदुपयोग तथा नेपाली जनताको आर्थिक समृद्घिमा टेवा पुर्‍याउने उद्देश्यका साथ कर्णालीमा नेपाल रोजिन र एन्डटर्वैन टाइन उद्योगको स्थापना भयो, जुन हालसम्म चालु छ। त्यसरी नै रुसले रसियन ठुला हेलिकोप्टर एमआई, रसियन जिप तथा रसियन जहाज एरोफ्लोट मस्को–काठमाडौं–मस्को सिधा उडानसमेत सुरु गरेको थियो।

विज्ञान, प्रविधि र दक्ष जनशक्तिबिना राष्ट्र समुन्नतिको बाटोमा अगाडि बढ्न सक्दैन भन्ने सोचेर रुसले नेपाललाई शिक्षा क्षेत्रमा अत्यधिक छात्रवृत्ति दिई डाक्टर, इन्जिनियरजस्ता विज्ञ तयार पार्न ठुलो योगदान गरेको छ।

रुसबाट उच्च शिक्षा हासिल गरी आउने विज्ञहरूको संख्या ८ हजारभन्दा बढी छ । ती विज्ञले देशका विभिन्न जिल्ला, नगर र गाउँको विकास कार्यमा ठुलो योगदान दिइरहेका छन् । अहिले पनि रुसले हरेक वर्ष ५० जनालाई विभिन्न विषयमा छात्रवृत्ति प्रदान गरिरहेको छ र निकट भविष्यमा यो छात्रवृत्ति संख्या बढाएर २ सयसम्म पुर्‍याउने योजना बनाएको बुझिएको छ।

नेपालमा पूर्व सोभियत संघ र हालको रुसबाट उच्च शिक्षा हासिल गरी आउने विज्ञहरूको संख्या हाल ८ हजार नाघिसकेको छ। ती विज्ञले देशका विभिन्न जिल्ला, नगर र गाउँको विकास कार्यमा ठुलो योगदान दिइरहेका छन्।

अहिले पनि रुसले हरेक वर्ष ५० जनालाई विभिन्न विषयमा छात्रवृत्ति प्रदान गरिरहेको छ र निकट भविष्यमा यो छात्रवृत्ति संख्या बढाएर २ सयसम्म पुर्‍याउने योजना बनाएको बुझिएको छ। यसरी हेर्दा रुसले नेपाललाई टोकरीबाट झिकेर माछा खुवाउनेभन्दा पनि माछा कसरी मार्ने भन्ने सिपको विकास, आत्मनिर्भर र स्वावलम्बनको मोडेल सिकाएको छ।

प्राज्ञ एवं सोभियत संघ र वर्तमान रुसबाट अध्ययन समाप्त गरी स्वदेश फर्किएका यी सबै विज्ञलाई मित्रकुञ्ज संस्थाले एउटै मालामा एकीकृत गर्ने प्रयास गरेको छ। मित्रकुञ्ज ५६ वर्ष पुरानो संस्थाका रूपमा स्थापित भएको छ। सन् १९९१ मा सोभियत संघ विघटन भई १५ वटा गणराज्यमा विभाजित भए पनि रुस क्षेत्रफलका आधारमा विश्वकै सबैभन्दा ठुलो देश हो भने प्राकृतिक स्रोतका दृष्टिकोणले पनि धनी राष्ट्र हो।

वर्तमान परिप्रेक्ष्यमा पनि रुसले नेपालको विकास निर्माण कार्यका लागि विभिन्न विधामा बिनास्वार्थ सहयोग गरिरहेको छ र यो अवसरलाई नेपालले गुमाउनुहुँदैन भन्ने धारणा व्याप्त छ।

नेपालमा पूर्व सोभियत संघ र हालको रुसबाट उच्च शिक्षा हासिल गरी आउने विज्ञहरूको संख्या हाल ८ हजार नाघिसकेको छ। ती विज्ञले देशका विभिन्न जिल्ला, नगर र गाउँको विकास कार्यमा ठुलो योगदान दिइरहेका छन्।

अतः रुसले नेपालको विकासका लागि पूर्व–पश्चिम तथा उत्तर–दक्षिण रेल्वे, काठमाडौं उपत्यकामा मेट्रो रेल, रासायनिक मल, क्यान्सर अस्पताल, हवाई मैदान तथा ठुला राजमार्ग निर्माण, पेट्रोलियम पदार्थको आयात, हिमाली–पहाडी क्षेत्रमा ढुवानी र राहतका लागि एमआई हेलिकोप्टर तथा ठुला जलविद्युत् आयोजनामा रुसको विज्ञता रहेको सन्दर्भमा यी यावत् क्षेत्रमा नेपालले रुसबाट सहयोग लिनु लाभदायक देखिन्छ।

शक्तिसम्पन्न र विशाल राष्ट्र रुससँग नेपालले मितेरी सम्बन्ध कायम गर्ने मात्र नभई औद्योगिक, व्यापारिक एवं पूर्वाधार विकासको सम्बन्ध पनि बलियो बनाउन आवश्यक छ। कूटनीतिक रूपमा पनि नेपाल–रुसबीचको सम्बन्धलाई अझ सुदृढ र सहज बनाउँदै लैजानुपर्ने देखिन्छ। त्यसो भए मात्र रुसी जनताको निःस्वार्थ तथा पूर्ण सहयोगको सम्झना नेपाली जनताको मानसपटलमा सधैं ताजा रहिरहनेछ।

लेखक पाण्डे रुस अध्ययन गरेर फर्केका विज्ञहरूको संस्था मित्रकुञ्जका अध्यक्ष हुन्।

प्रकाशित: ९ भाद्र २०८० ०२:५४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App