१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

उच्चस्तरीय छानबिन गठन हुँदा भइरहेको अनुसन्धान प्रभावित हुन्छः सांसद पौडेल

नेकपा (माओवादी केन्द्र) का सांसद देवेन्द्र पौडेलले उच्चस्तरीय छानबिन आयोग गठन हुँदा भइरहेको अनुसन्धान प्रभावित हुने चिन्ता व्यक्त गरेका छन्।

बुधबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यसबारेमा चिन्ता व्यक्त गरेका हुन्। सरकारले सुन तस्करी प्रकरणको अनुसन्धानका लागि असोज ५ गते उच्चस्तरीय छानबिन समिति बनाउने सहमति गरेसँगै उनले उच्चस्तरीय छानबिन समितिमाथि प्रश्न उठाएका छन्। उनलै शीर्ष नेताहरुको बैठक बस्दा शुरुवात भएका प्रकरण आझेलमा पर्ने हुन् की भन्ने चिन्ता नागरिकमा छाएको बताए।

सांसद पौडेलले विभिन्न अनियमितता प्रकरणमा भएका अनुसन्धानको प्रतिवेदनदेखि प्रतिवेदनमा गएर अल्झिने र घटना रोक्ने काम नगर्न आग्रह गरेका छन्।

प्रकाशित: ६ भाद्र २०८० ११:४३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App