१२ श्रावण २०८१ शनिबार
image/svg+xml
राजनीति

संसद बैठक चल्न नदिन सरकार र प्रतिपक्ष दुवै दोषीः शेखर कोईराला

सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेसका नेता शेखर कोईराला

सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेसका नेता शेखर कोईरालाले संसद बैठक चल्न नदिन सरकार र प्रतिपक्ष दुवै दोषी रहेको बताएका छन्।

आइतबार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिनेक्रममा उनले संसद तत्काल सुचारु गराउनका लागि संयोजनकारी भुमिका निर्वाह गर्न सरकारसँग आग्रह समेत गरे।

देश र जनताको कुरा भएकाले संसद बैठक छिटो भन्दा छिटो सुचारु गरानुपर्ने  नेता कोइरालाको भनाई थियो। उनले संसदीय व्यवस्थामा प्रतिपक्षले सरकारलाई गाली गर्ने र सरकारले प्रतिपक्षले काम गर्न दिएन भन्ने कुरा स्वभाविक भएपनि संसद बैठक भने सुचारु गराउनुपर्ने बताए।

नेता कोइरालाले भने, ‘संसद छिटो भन्दा छिटो चल्नुपर्छ। अब पर्सी बैठक बोलाइएको छ। हेरौँ, के गर्नुहुन्छ? यो एमाले, माओवादी र काँग्रेसको कुरै होइन। यो नेशनको कुरा हो। देशको कुरा हो। राष्ट्रको कुरा हो। संसद चल्नुपर्छ। म एउटा सांसद हो नेपाली काँग्रेसको। हाम्रो सभापतिजी, जो संसदीय दलको नेता हुनुहुन्छ। उहाँहरुले कोअर्डिनेट गर्ने कुरा हो। सरकारले कोअर्डिनेट गर्ने कुरा हो। हामीहरु त आउँछौं। यी यस्तै भइराखेको छ। संसद चलाउनु प¥यो। प्रतिपक्षले यो दुनियाँको नियम हो। संसदीय व्यवस्थामा प्रतिपक्षले सत्तापक्षलाई एट्याक गर्ने, गाली गर्ने। अनि, सत्तापक्षले पनि भन्ने–प्रतिपक्षले गर्न दिएन भनेर। चल्न दिएन भन्ने। तर म के भन्दैछु भने–हामी दुइटै दोषी हौं भन्दैछु। यो सरकारले गर्ने काम हो। प्रतिपक्षले गर्ने काम हो। यो नेपाली काँग्रेस, एमाले, राप्रपा वा कुनै पार्टीको कुरा होइन नि।’

प्रकाशित: ३ भाद्र २०८० ११:१० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App