१२ श्रावण २०८१ शनिबार
image/svg+xml
राजनीति

जन सेवाको कामलाई पहिलो प्राथमिकता दिनेछुः नवनियुक्त मन्त्री साह

नवनियुक्त सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनितादेवी साहले आम नागरिकलाई सहज ढंगले सेवा प्रवाहको कामलाई आफूले पहिलो प्राथमिकता दिने बताएकी छिन्।

सोमबार शीतल निवासमा राष्ट्रपतिबाट शपथ लिएलगत्तै सिंहदरवारमा पुगेर पदभार ग्रहण गरेकी उनले आफ्नाे मन्त्रालयले आम नागरिकलाई दिने सेवा सहज ढंगले अघि बढाउने कामलाई आफूले प्राथमिकता दिने बताइन्।  

सञ्चारकर्मीमाझ संक्षिप्त प्रतिक्रिया दिँदै नवनियुक्त मन्त्री साहले आम नागरिकको लागि मन्त्री पदको जिम्मेवारी लिएकाले संविधानले दिएको जिम्मेवारी अनुसार आफू अघि बढ्ने प्रतिवद्धता समेत व्यक्त गरे। पार्टीले दिएको निर्देशन अनुसार भन्दा पनि संविधानको व्यवस्था अनुसार आफूले काम गर्ने उनको भनाइ थियो।

मन्त्री साहले भनिन्, ‘सरकारी निकायको जति पनि काम कारबाही हुन्छ। यो संघीय मामिला मन्त्रालयको। आम नागरिकलाई सहज ढंगले सेवा प्रवाह हामीले कसरी दिनसक्छौं? त्यही नै मेरो पहिलो प्राथमिकता हुन्छ। आम नागरिकको तर्फबाट हामी यहाँ आएका छौं। पार्टीको कुरा यसमा आएन। संविधान अनुसार हामी कसरी सुलभ तरिकाले सेवा प्रवाह गर्नसक्छौं? त्यसमा लाग्ने हो।’

प्रकाशित: २९ श्रावण २०८० ०८:२३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App