२० असार २०८१ बिहीबार
image/svg+xml
राजनीति

सरकारसँग सशंकित यादव

गौर हत्याकाण्ड ब्युँझाउने विषयमा गृह मन्त्रालयले आन्दोलनकारी पक्षसँग सहमति गरेपछि सरकारसँग झस्किएका जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादव साउन २३ यता सार्वजनिक कार्यक्रममा देखिएका छैनन्। उनी शनिबार बारा जिल्ला पार्टीस्तरीय विस्तारित बैठकमा भने सहभागी भए, जुन आन्तरिक बैठक थियो। बाराको कार्यक्रमपछि यादव जनकपुर जाने र त्यहाँबाट सोमबार काठमाडौं फर्कंने कार्यक्रम छ।

शुक्रबार जसपाले गरेको पत्रकार सम्मेलनमा यादव उपस्थिति भएनन्। जब कि, गौर हत्याकाण्डमा पार्टीभन्दा व्यक्तिगत रूपमा उपेन्द्र यादवमाथि उजुुरी परेको छ। ‘यस काण्डमा यादव जोडिएका छन्। त्यसैले पत्रकार सम्मेलनमा यादव आफैं उपस्थित हुनुपर्ने हो। तर यतिबेला उनी सरकारसँग सशंकित भएका छन्,’ स्रोत भन्छ। गौर काण्डमा स्पष्टीकरण दिने उद्देश्यले गरिएको पत्रकार सम्मेलनमा यादवले पार्टीका दोस्रो तहका नेता रेणु यादव, राजकिशोर यादव, तथा प्रवक्ता मनिष सुमनलाई उपस्थिति गराएका थिए।

जसपाका एक नेता भन्छन्, ‘कतै सरकारले विवेक गुमाउँछ कि भन्ने डर हामीलाई छ। यस्तो हुने हो भने ठूलो दुर्भाग्य हुनेछ। त्यसैले अध्यक्षज्यू यतिबेला निकै सचेत हुनुहुन्छ।’

-उपेन्द्र यादव, अध्यक्ष, जसपा

जसपाका एक नेता भन्छन्, ‘कतै सरकारले विवेक गुमाउँछ कि भन्ने डर हामीलाई छ। यस्तो हुने हो भने ठूलो दुर्भाग्य हुनेछ। त्यसैले अध्यक्षज्यू यतिबेला निकै सचेत हुनुहुन्छ।’

यादवका स्वकीय सचिव महेश चौरासियाले वर्षा याम भएकोले केही दिनयता पार्टीका सार्वजनिक कार्यक्रम नभएको बताए।

‘केही दिनयता पार्टीका सार्वजनिक कार्यक्रम परेका छैनन् र कसैले अध्यक्षज्यूलाई आमन्त्रित गरेर सार्वजनिक कार्यक्रम पनि गरेका छैनन्,’ चौरासियाले भने, ‘वर्षायाम भएकोले यस्तो भएको हो,’ जसपा स्रोत भन्छ।

सरकारले गौर हत्याकाण्ड ब्युझाउँने सहमति गरेपछि यादव प्रधानमन्त्री र माओवादी नेताहरूसँग चिढिएका छन्। ‘यो भनेको जसपालाई तर्साउने, बार्गेनिङ गर्ने र गठबन्धन टिकाइरहने माओवादीको चाल हो भन्ने हाम्रो बुझाइ छ,’ यादवका स्वकीय सचिव चौरासियाले भने।

यादवका स्वकीय सचिव महेश चौरासियाले वर्षा याम भएकोले केही दिनयता पार्टीका सार्वजनिक कार्यक्रम नभएको बताए।

यादवनिकट स्रोतका अनुसार साउन २३ यता यादवले प्रधानमन्त्री पुष्पकमल दाहाल तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेट गरिसकेका छन्। प्रधानमन्त्रीसँगको भेटमा प्रधानमन्त्रीले नआत्तिन यादवलाई सल्लाह दिएको यादवनिकट स्रोतले बतायो।

 ‘प्रधानमन्त्रीज्यूले नआत्तिनुहोस्, मलाई पनि मुद्दा परेको छ भन्नुभएको छ। मुद्दा पर्दैमा डराउनु पर्दैन भन्नुभएको छ। तर उहाँको नियतमा शंका गर्ने प्रसस्त आधार देखिएको छ,’ एक नेताले भने। ती नेता भन्छन्, ‘गौर काण्ड ब्युझाउँने सहमति गर्नु भनेको प्रधानमन्त्रीको एक कुटिल खेल हो। यसबाट प्रधानमन्त्रीले जसपाभित्र खेल्न खोजेको देखिन्छ। ताकि, जसपासँग पार्टी एकीकरण गर्न सकियोस्, त्यति नभए माओवादीको लाइनबाट जसपा बाहिर जान नसकोस्।’

यादवनिकट स्रोतका अनुसार साउन २३ यता यादवले प्रधानमन्त्री पुष्पकमल दाहाल तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेट गरिसकेका छन्।

२०७२ भदौ ७ गते भएको टीकापुर घटना र २०६३ चैत ७ गते भएको गौर घटनाको प्रकृति मिल्दोजुल्दो छ। टीकापुर घटनामा रेशम चौधरी करिब ६ वर्ष जेलमा बसे। तत्कालीन मधेसी जनअधिकार फोरमका नेता गौरकाण्ड पूर्णतः राजनीतिक घटना भएको र यस घटना सिर्जना हुनुमा तत्कालीन माओवादीका स्थानीय नेता जिम्मेवार भएको बताउँदै आएका छन्। शुक्रबार गरिएको पत्रकार सम्मेलनमा पनि माओवादीकै कारण गौर घटना भएको जसपाका नेताहरूले बताएका थिए।

जसपा स्रोत भन्छ, ‘शनिबार बाराको बैठक केन्द्रीय अध्यक्ष उपस्थित हुने कार्यक्रम होइन, किनभने त्यो कार्यक्रम जिल्ला समितिको बैठक मात्र थियो। तर यस बैठकमा केन्द्रीय अध्यक्ष उपस्थित भए।’ जसपाका अर्का एक नेता भन्छन्, ‘साउन २३ यता केन्द्रीय अध्यक्षज्यू एक किसिमबाट बेचैनमा हुनुहन्छ। सायद यही कारण पनि बाराको बैठकमा उपस्थित भएको हुनुपर्छ।’

प्रधानमन्त्री पुष्पकमल दाहाल र जसपा अध्यक्ष यावदबीचको सम्बन्ध राम्रो छ। तर यसपटक भने माओवादीसँग जसपाका नेताहरू चिढिएका छन्।

माओवादी स्रोतका अनुसार यादवको आग्रहपछि दाहालले बाबुराम भट्टराईले नेतृत्व गरेको नेपाल समाजवादी पार्टी (नेसपा)सँगको एकीकरण प्रक्रियालाई थाती राखेका छन्।

स्रोत भन्छ, ‘यही वैशाख महिनामा माओवादी र नेसपावीच एकीकरण गर्न सबै तयारी पूरा भइसकेको थियो। यहाँसम्म कि, एकीकरण गर्ने दिनसमेत तय भइसकेको थियो। यसको सुइँको यादवले पाए। तत्कालै उनले दाहाललाई तपाईहरूले बाबुरामजीसँग एकीकरण गर्नुभयो भने माओवादी र जसपावीच एकीकरण हुन सक्दैन। जसपासँग एकीकरण गर्ने हो भने नेसपासँग एकीकरण रोक्नुहोस्।’

माओवादी स्रोतका अनुसार यादवको आग्रहपछि दाहालले बाबुराम भट्टराईले नेतृत्व गरेको नेपाल समाजवादी पार्टी (नेसपा)सँगको एकीकरण प्रक्रियालाई थाती राखेका छन्।

त्यसपछि माओवादी र नेसपाबीचको एकीकरण प्रक्रिया रोकियो । केही दिनअघि बसेको माओवादीको केन्द्रीय समितिको बैठकमा पनि एकीकरणको विषयमा केही बोलिएन।’ जबकि, माओवादीसँग एकीकरण गर्न नेसपाले तारन्तार लिखित प्रस्ताव पठाइरहेको छ।

दाहालले अहिले नेसपालाई एउटा मन्त्रालय दिएका छन् तर समाजवादी मोर्चामा समेत राखेका छैनन्। उपेन्द्रको शर्त पछि दाहालले नेसपासँगको एकीकरण प्रक्रियालाई थाती राखेका मात्र छैनन्, नेसपालाई समाजवादी मोर्चामा समेत ल्याएका छैनन्।

प्रकाशित: २८ श्रावण २०८० ०२:१३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App