५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
राजनीति

जनमत पार्टीको केन्द्रीय समिति बैठक सुरु

जनमत पार्टीको केन्द्रीय समितिको बैठक सुरु भएको छ। बैठक केही समय अघिदेखि क्वालिटी बैंक्वेट बुद्धनगरमा सुरु भएको पार्टीका केन्द्रीय प्रवक्ता डा। शरदसिंह यादवले जानकारी दिए।

उनका अनुसार आजको बैठकमा प्रशिक्षण तथा सङ्गठन सुदृढीकरणका विषयमा छलफल हुनेछ। भोलि साउन १९ गते स्थानीय जनप्रतिनिधिको पार्टी समन्वय बैठक आह्वान गरिएको छ।

उक्त बैठकमा वडाअध्यक्ष/नगर प्रमुख/उपप्रमुख/गाउँपालिका अध्यक्ष/उपाध्यक्षको सहभागिता रहने प्रवक्ता डा. यादवले बताए।

बैठकमा सरकारमा सहभागी हुनेकुरा मुख्य एजेण्डा रहेको छ। बैठकअघि पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउतले सरकारमा सहभागी हुने एजेण्डासहित बैठक बस्न लागेको बताएका हुन्।

उनले संगठन सुदृढीकरण अभियानलाई प्रभावकारी बनाउने विषय रहेको पनि बताए।

‘केन्द्रिय समिति, राजनीतिक समिति र केन्द्रिय कार्यकारिणी समितिको बैठक बस्यो। हाम्रो मुल एजेण्डा भनेको संगठन सुदृढीकरण, अभियान चल्दैछ। त्यसलाई कसरी प्रभावकारी बनाउने विषयमा केन्द्रित छ। विभिन्न समितिमा मनोनित गर्नुपर्ने नामहरु मनोनित गर्न र विभिन्न विभाग गठन गर्न बैठक बसेको हो। सरकारमा सहभागीताको विषयमा पनि छलफल हुनेछ।’ उनले भने।

अध्यक्ष राउतले पार्टीको बैठकमा पार्टीका विभिन्न समितिमा मनोनित गर्नुपर्ने सदस्यहरु, विभिन्न विभाग गठनको विषयमा पनि छलफल हुने बताएका छन्।

प्रकाशित: १८ श्रावण २०८० ०८:४३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App