१४ पुस २०८२ सोमबार
image/svg+xml
राजनीति

लम्पी स्किन, डेङ्गीजस्ता रोग नियन्त्रण गर्न प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री पुष्पकमल दाहालले लम्पी स्किन, डेङ्गीजस्ता सङ्क्रामक रोगहरुको तत्काल रोकथाम तथा नियन्त्रणका लागि सम्बन्धित निकायसँग समन्वय गर्न निर्देशन दिएका छन्।

नेपाल सरकारका मुख्य सचिवसहित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिवहरुसँग समसामयिक विषयमा बसेको आजको बैठकमा उनले लम्पी स्किन, डेङ्गीजस्ता सङ्क्रामक रोगहरुको तत्काल रोकथाम तथा नियन्त्रणकाका लागि सम्बन्धित निकायसँग समन्वय गर्ने निर्देशन दिएका हुन्।

उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सेवा प्रवाह, निर्माण हुन बाँकी कानुनहरु शीघ्र अगाडि बढाउने, राष्ट्रिय गौरवका एवं ठूला आयोजनाहरुको अनुगमन तथा निरीक्षणको कार्यलाई थप प्रभावकारी बनाउन निर्देशन दिए।

बैठकमा छलफलका क्रममा प्रधानमन्त्री दाहालले हालसम्म भएका गतिविधिहरुको जानकारी लिएका थिए।

प्रकाशित: १४ श्रावण २०८० १७:१८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App