१५ असार २०८१ शनिबार
image/svg+xml
राजनीति

०७४ को मतको सदुपयोग गरेको भए ०७९ मा कम्युनिष्ट पार्टीको दुई तिहाइ बढी सिट आउँथ्योः अध्यक्ष नेपाल

फाइल तस्बिर

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले ०७४ सालमा पाएको मतको सदुपयोग गर्न सकेको भए ०७९ को निर्वाचनमा कम्युनिस्ट पार्टीहरुले दुई तिहाई भन्दा बढी सिट जित्ने बताएका छन्।

आइतवार नेकपा (एकीकृत समाजवादी) मनाङ–काठमाडौं सम्पर्क मञ्चको ५ औँ सम्मेलनको उद्घाटन गर्दै अध्यक्ष नेपालले ०७४ सालको निर्वाचनमा कम्युनिस्ट पार्टीले करिब दुई तिहाइ मत ल्याएको भएपनि त्यसको सदुपयोग गर्न नसकेको बताए। 

उनले त्यसबेला सरकार र पार्टी राम्ररी चलाएको भए ०७९ को निर्वाचनमा दुई तिहाइभन्दा बढी सिट जित्ने बताए। नेपालमा कम्युनिस्ट पार्टीहरु सबैतिर फैलिएको उनकाे भनाइ छ। कम्युनिस्ट पार्टीहरु विश्वभर फैलिइरहेका भन्दै उनले ल्याटिन अमेरिकी देशहरु, युरोप र अफ्रिकाका कतिपय देशहरुमा वामपन्थी पार्टीका नेताहरु राष्ट्रपति निर्वाचित भइरहेकाे बताए। समाजवादको नारा नेपालमा मात्रै नभई संसारका अरु देशमा पनि गुन्जिरहेको उनकाे भनाइ छ।

उनले भने, ‘आज नेपालको राजनीतिमा कम्युनिष्ट पार्टी सबैतिर फैलिएको पाइन्छ। २०७४ सालको चुनावमा कम्युनिस्ट पार्टीले झन्डै दुई तिहाई बहुमत प्राप्त गरेको थियो। त्यसको राम्ररी सदुपयोग गर्न सकेको भए, सरकार राम्ररी चलाएको भए, पार्टी राम्ररी चलाएको भए २०७९ सालको चुनावमा त्योभन्दा बढी सिट हामी पाउने थियौँ। त्योभन्दा बढी मत हामीले प्राप्त गर्ने थियौँ। अहिले संसारमा पनि कम्युनिस्टहरु फैलिइरहेका छन्। वामपन्थी राष्ट्रपतिहरु चुनावमा जितिरहेका छन्। ल्याटिन अमेरिकाका झन्डै दशवटा देशहरुमा वामपन्थी राष्ट्रपतिमा निर्वाचित भएका छन्। युरोपका देश देशमा, अफ्रिकाका देशहरुमा वामपन्थी पार्टीका प्रभाव फैलिइरहेको छ। त्यस हुनाले नेपाल मात्रै होइन, संसारको अरु देशमा पनि समाजवादको नारा गुन्जिरहेको छ। कम्युनिस्ट पार्टीको नारा फैलिइरहेको छ। त्यस हुनाले हाम्रो यो लडाइँ अन्याय, अत्याचार, असमानता, भेदभावका बिरुद्धमा अनि सबै खालका बेथितिहरुका बिरुद्धमा, न्याय र समानताका निम्ति, सबैको सुख, समृद्धिको निम्ति भएको हुनाले हाम्रो उद्देश्य न्यायोचित छ। पवित्र छ। राम्रो छ।’

प्रकाशित: १४ श्रावण २०८० १३:२२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App