२० माघ २०८२ मंगलबार
image/svg+xml
राजनीति

‘राहुलले ९ किलो सुनमा भन्सार कर्मचारीलाई ९० पटक फोन गरेको खुलिसकेको छ’

फाइल तस्बिर

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सचिव योगेश भट्टराईले ‘ई–सिगरेट’ भित्र ल्याइएको ९ किलो सुन छुटाउन माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराका छोरा राहुलले भन्सारका कर्मचारीलाई सुन छोड्न दबाव दिदै ९० पटक फोन गरेको बताए।

‘उहाँ (राहुल) को नाम स्वयं भन्सारको विभागका कर्मचारीबाटै आएको छ। उहाँले ९० पटक फोन गरेको कुरा खुलिसकेको छ। उहाँ ९महरा० छोरालाई सुनको के चासो रु उहाँ सुन व्यापारी त होइन,’ एमाले सचिव भट्टराईले बुधबारको संसदमा भनेका थिए, ‘त्यसैले पछिल्लोपटक भित्रिएको तस्करीको सुनमा माओवादीको उच्च नेतृत्वको संलग्नता छ भन्ने बुझिँदैन र ?’

एमालेलाई गृहमन्त्री नारायणकाजी श्रेष्ठ र माओवादी केन्द्रको नेतृत्वमाथि निसाना साँध्ने थप आधार करिब ५ महिनाअघि ‘ई–सिगरेट’ भित्र राखेर ल्याइएको ९ किलो सुन बरामद प्रकरणले दिएको छ। जसमा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा र उनका छोरा राहुलको नाम जोडिएको छ। राहुलले भन्सार विभागका कर्मचारीलाई फोन गरेर ई–सिगरेट छाडिदिन वा लिलामीमा राखिदिन पटक–पटक आग्रह गरेको कुरा बाहिरिएको छ। एमाले सचिव भट्टराईले यही बिषय उठाएर माओवादीलाई निसाना बनाएका हुन्।

‘तीन महिनाअघि खुलेको कम्पनीबाट एकपटक होइन्, २२/२३ पटकसम्म त्यसैगरी सामान आयात भएको छ, कसैले छनकसमेत पाएन भन्ने कुरा कसरी पत्याउन सकिन्छ रु’ एमाले सचिव योगेश भट्टराई भने, ‘गृह प्रशासन गृहमन्त्रीको हातमा हुन्छ। एयरपोर्टजस्तो संवेदनशील ठाउँबाट यसरी सुन तस्करी भइरहँदा न सुरक्षा संयन्त्र न सुराकी कसैले थाहा पाउन्न भनेर कसरी विश्वास गर्ने  ?’

भ्रष्टाचारका घटना छानबिनमा गृहमन्त्री श्रेष्ठले चालेको कदममा ‘ब्रेक’ लगाउन चाहनेले अहिले उनको आलोचना गरिरहेको निकट स्रोत बताउँछ। ‘सुशासन कायम गर्न उहाँ ९गृहमन्त्री० दृढ संकल्प लिएर अघि बढिरहनुभएको छ। भ्रष्टाचारजन्य कसुरमा संलग्न माओवादीकै मान्छे भए नि नछाड्ने उहाँले भनिरहनुभएको छ,’ श्रेष्ठनिकट स्रोतले भन्यो, ‘यसबाट तर्सिएका शक्ति अहिले उहाँको विरोधमा लागिरहेका छन्।’

प्रकाशित: ११ श्रावण २०८० ०७:५० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App