७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
राजनीति

बरामद सुनका वास्तविक मालिक पक्राउ नपरे अनसनमा बस्ने डा. शर्माको चेतावनी

नेपाली कांग्रेसका सांसद डा. सुनिल शर्माले सुन प्रकरणमा भरिया मात्र पक्राउ गरियो भने आफू सदन भित्र आमरण अनसन बस्ने चेतावनी दिएका छन्। बरामद सुनका वास्तविक मालिक पक्राउ नगरिए आफु आमरण अनसनमा बस्ने बताएका हुन्।

उनले बुधबार संसदको शून्य समयमा बोल्दै प्रधानमन्त्री पुष्पकमल दाहाल विदेशबाट फर्किएपछि पनि सुन प्रकरणमा भरिया मात्र पक्राउ गरेर बसियो भने आफू अनसन बस्ने चेतावनी दिएका हुन्।

‘प्रधानमन्त्रीको आगमन पछाडी उहाँहरुले लिएको मिति भित्र भरिया मात्र पक्राउ पर्र्यो भने म यही सदन भित्र आमरण अनसन बस्छु’, डा. शर्माले भने । उनले अहिलेसम्म यति ठूलो प्रकरणमा भरिया मात्र पक्राउ गरिएको भन्दै आक्रोश व्यक्त गरेका थिए।

डा. शर्माले यो प्रकरण छानविन नहुन्जेलसम्म गृह र अर्थमन्त्रीले राजिनामा दिनुपर्ने माग समेत राखे । ‘नैतिकताको आधारमा राजिनामा दिएर अनुसन्धान प्रक्रियालाई सहज बनाइदिने दुनियाँको लोकतान्त्रिक पद्दती हो’, उनले भने, ‘संसारमा यस्ता घटना आउँछन यस्तो बेला देशको प्रमुखले राजिनामा दिने र अनुसन्धानलाई सहज बनाइदिने हो।’

डा. शर्माले यो प्रकरणमा भरिया मात्र पक्राउ गरियो भने संसदमा सहभागी सबै दलहरु दोषको भागिदारी हुने समेत बताए ।

प्रकाशित: १० श्रावण २०८० ०९:५७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App